कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कश्मिरमा पाकिस्तानले लान्सनायक सन्दिप थापालाई मारिदियो, भारतले चौकी उडाइदियो

सारांश

  • एजेन्सी।
  • जम्मु कश्मिरको रजौरीमा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ ।
  • नौसेरा सेक्टरमा बिहान साढे ६ बजे गोली हानाहान सुरु भएको हो ।

एजेन्सी। जम्मु कश्मिरको रजौरीमा भारत र पाकिस्तानबीच गोली हानाहान भएको छ । नौसेरा सेक्टरमा बिहान साढे ६ बजे गोली हानाहान सुरु भएको हो । पाकिस्तानी सेनाको फायरिङमा भारतीय सेनाका लान्सनायक ३५ वर्षका सन्दिप थापाको मृत्यु भएको भारतीय मिडिया दैनिक भास्करले जनाएको छ । सन्दिप देहरादुनका भएको जनाइएको छ ।

भारतले पनि पाकिस्तानी सेनाको एउटा चौकी उडाइदिएको छ । भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दका अनुसार नौसेरामा अग्रिम चौकीलाई निशाना बनाएर मोर्टार आक्रमण भएको थियो । गत ६ जुलाइपछि यहाँ ६ पटक संघर्षविरामको उल्लंघन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?