ओलीलाई आयो मोदीको यस्तो सन्देश

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
२० पटक हेरिएको
Shares
ओलीलाई आयो मोदीको यस्तो सन्देश

सारांश

  • नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवं प्रगतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेको नेपाल र भारतका दुवै पक्षले जनाएका छन् ।
  • नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिवसीय भ्रमणमा रहेका भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम् जयशङ्करले बुधबार अपराह्न प्रधानमन्त्री ओलीसँग भएको भेटपछि आफूले भारतका साथै नेपालबाट त्यस्तो प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।

नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवं प्रगतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेको नेपाल र भारतका दुवै पक्षले जनाएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिवसीय भ्रमणमा रहेका भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम् जयशङ्करले बुधबार अपराह्न प्रधानमन्त्री ओलीसँग भएको भेटपछि आफूले भारतका साथै नेपालबाट त्यस्तो प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।

“सम्माननीय प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा विदेशमन्त्री जयशङ्करले दुवै देशमा राजनीतिक स्थायित्व कायम भएको र नीतिगतरुपमा पनि निर्णय गर्न सहज एवं सकारात्मक वातावरण बनेको बताउनुभयो”, बैठकमा भएको छलफलका विषयवस्तुबारे जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताए ।

प्रधानमन्त्री ओलीले पारस्परिक विश्वासको वातावरण बनेको तथा नेपालको विकास प्रयासलाई केन्द्रमा राखेर आफूले देशलाई समृद्धिको मार्गमा उन्मुख गराइरहेको बताएका थिए । भारतले नेपालप्रति दर्शाएको सद्भावप्रति उनले आभार व्यक्त गरेका थिए ।

सो अवसरमा भारतीय बाह्यमामिलामन्त्री जयशङ्करले द्विपक्षीय सम्बन्ध अझ विस्तृत एवं गहिरो बन्दै गएको र त्यसलाई नयाँ उचाइमा पु¥याउने दृढता प्रधानमन्त्री मोदीले व्यक्त गरेको जानकारी दिएका थिए । दुई देशबीचको सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउने सकारात्मक वातावरण तयार भएको अभिमत भेटमा दुवै पक्षबाट प्रकट भएको थियो ।

एक जिज्ञासाको जवाफमा सल्लाहकार भट्टराईले नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन उपयुक्त समयमा दुवै देशका प्रधानमन्त्रीबाट ग्रहण हुने जानकारी दिए । यसैबीच परराष्ट्र सचिव शङ्करदास वैरागीले नेपालको विकास र सम्पर्क सञ्जाल विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान, डुबानलगायत समस्याका साथै आपसी हित र चासोको विविध विषयमा विचारविमर्श भएको राससलाई बताए ।

प्रधानमन्त्री ओली र मन्त्री जयशङ्करबीच विनासहयोगीको उपस्थितिमा एक घण्टाभन्दा बढी छलफल भएको थियो । त्यसपछि दुवै देशका उच्च अधिकारी बैठकमा सहभागी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
अंगुरले कुकुरको ज्यान लिन सक्छ
अंगुरले कुकुरको ज्यान लिन सक्छ
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
रेशमको शपथ : ओलीको बाध्यता ! प्रचण्ड कनेक्सन
रेशमको शपथ : ओलीको बाध्यता ! प्रचण्ड कनेक्सन
सुष्मा स्वराजको नेपाल भ्रमण आकस्मिकः टोलीमा को–को ?
सुष्मा स्वराजको नेपाल भ्रमण आकस्मिकः टोलीमा को–को ?
हेर्नुस् अब कुन प्रदेशमा  कसको सरकार बन्दै छ ?
हेर्नुस् अब कुन प्रदेशमा कसको सरकार बन्दै छ ?
पोखरा पहिरोमा पुरिएका सातमध्ये पाँच जनाको सामुहिक अन्त्येष्टी
पोखरा पहिरोमा पुरिएका सातमध्ये पाँच जनाको सामुहिक अन्त्येष्टी
लेखा समितिमा सांसद र सचिवबीच जुहारी
लेखा समितिमा सांसद र सचिवबीच जुहारी
टेलिकमको आइपी टिभी शुक्रबारदेखि
टेलिकमको आइपी टिभी शुक्रबारदेखि
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट

तपाईंले छुटाउनुभयो कि?