Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
Breaking : सिनामंगलमा भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु

सारांश

  • काठमाडौं ।
  • सिनामगंलको सडकमा भयानक दुर्घटना भएको छ ।
  • दुर्घटनामा एकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । सिनामगंलको सडकमा भयानक दुर्घटना भएको छ । दुर्घटनामा एकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

एयरपोर्टबाट आएको नम्बर नखुलेको ट्रिपरले विपरित दिशाबाट आइरहेको ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको र ३ जना घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

विपरित दिशाबाट आएको ट्रिपरले बा ८५ प ५६९, ज ४३ प ९७५३ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकललाई ठक्कर दिएको एसएसपी सुवेदीले बताए ।

घाइतेहरुमध्ये एकको सिभिल अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको केएमसी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

ठक्कर दिने टिपर भागेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?