एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा

सारांश

  • पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षेमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
  • गाउँपालिका–११ सेरामा एक मेगावाट क्षेमताको विद्युत् आयोजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।
  • एशियाली विकास बैंकको लगानीमा विद्युत् उत्पादन गरिने यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताउनुभयो ।

पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षेमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षेमताको विद्युत् आयोजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।एशियाली विकास बैंकको लगानीमा विद्युत् उत्पादन गरिने यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको रु पाँच करोड र एशियाली विकास बैंकको रु २८ करोड गरी जम्मा रु ३३ करोडको लगानीमा आयोजना निर्माण हुनेछ ।

एक मेगावाट विद्युत् क्षमताको विद्युत् उत्पादन गरी गाउँपालिकालाई झिलीमिली बनाई बाहिर विद्युत् निर्यात गर्ने उद्देश्य रहेको गाउँपालिकाले बताएको छ । अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा अझै विद्युत् सुविधा पुग्न सकेको छैन ।एक मेगावाटको विद्युत् आयोजना निर्माण भएपछि ती सबै साना आयोजनालाई पनि राष्ट्रिय प्रशारणमा जोडिनेछ । डेढ वर्षभित्र काम सम्पन्न गरिसक्ने गरी एशियाली विकास बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?