आइपिएस तालिममा नेपाल प्रहरीका इन्सपेक्टर कृष्ण खड्का उत्कृष्ट

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
२३ पटक हेरिएको
Shares
आइपिएस तालिममा नेपाल प्रहरीका इन्सपेक्टर कृष्ण खड्का उत्कृष्ट

सारांश

  • काठमाडौं ।
  • भारतको हैदरवादस्थित सरदार बल्लभ भाई पटेल नेशनल पुलिस एकेडेमीमा भएको आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण खड्का उत्कृष्ट भएका छन् ।
  • १३ महिने लामो तालिममा आउट डोर विधामा इन्सपेक्टर खड्का उत्कृष्ट भएका हुन् ।

काठमाडौं । भारतको हैदरवादस्थित सरदार बल्लभ भाई पटेल नेशनल पुलिस एकेडेमीमा भएको आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण खड्का उत्कृष्ट भएका छन् ।

१३ महिने लामो तालिममा आउट डोर विधामा इन्सपेक्टर खड्का उत्कृष्ट भएका हुन् । उत्कृष्ट भएका खड्कालाई भारतका गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए ।

सो तालिममा नेपाल प्रहरीबाट ५ जना इन्सपेक्टर सहभागि भएका थिए । खड्कासँग इन्सपेक्टरहरु बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामा तालिममा सहभागी भएका थिए ।

यस्तै भुटानबाट ६ जना, माल्दिभ्सबाट ४ जना, भारत र नेपाल गरी तालिममा १ सय ३ जना सहभागी भएका थिए ।

यसअघि सो तालिममा इन्सपेक्टर राजेशराज पुरी र रद्यु सिंह विष्ट पनि उत्कृष्ट भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?