आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

सारांश

  • काठमाडौँ ।
  • आज (शुक्रबार)नेपाली बजारमा सुनको भाउ घटेको छ ।
  • बिहिबार ८ सय रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको छ।

काठमाडौँ । आज (शुक्रबार)नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहिबार ८ सय रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको छ।आज छापावाल सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला छापावाल सुन ७३ हजार ४ सय तथा तेजावी सुन ७३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउसँगै आज चाँदीको भाउ पनि ह्वात्तै घटेको छ । आज चाँदीको भाउ प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?