स्याफ्रुवेसी रसुवागढी सडक अवरुद्ध हुँदा चीनसँगको यातायात सम्बन्ध विच्छेद

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १४, २०७६
|
|
२० पटक हेरिएको
Shares
स्याफ्रुवेसी रसुवागढी सडक अवरुद्ध हुँदा चीनसँगको यातायात सम्बन्ध विच्छेद

सारांश

  • लगातारको बर्षाका कारण बाटो रोकिएपछि नेपाल चीन यातयात सम्पर्क टुटेको छ ।
  • सयौं तिर्थ यात्री र व्यवसायी अलपत्र परेका छन ।
  • गए राति परेको अविरल वर्षाका कारण पासाङल्यामु सडकको स्याफ्रुबेसी रसुवागढी सडक अवरुद्ध भएको छ ।

लगातारको बर्षाका कारण बाटो रोकिएपछि नेपाल चीन यातयात सम्पर्क टुटेको छ । सयौं तिर्थ यात्री र व्यवसायी अलपत्र परेका छन । गए राति परेको अविरल वर्षाका कारण पासाङल्यामु सडकको स्याफ्रुबेसी रसुवागढी सडक अवरुद्ध भएको छ । रसुवागढी सडकखण्ड अन्तर्गत टिमुरे तथा तातोपानी क्षेत्रमा माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरूद्व भएपछि कैलाश मानसरोवरबाट फर्केका तथा तिब्बतको मानसरोवर जाने तीर्थ यात्री र रसुवा भंन्सारबाट काठमाडौंतर्फ जान लागेका कन्टेनरहरु रोकिएका छन् ।

पानी पर्न नरोकिएकाले सडकको अवरोध हटाउन नसकिएको रसुवागढी हाईड्रोपावरले जनाएको छ ।

सडकको अवरोध हटाउने कार्य पानी रोकिएपछि गरिने भएकाले जोखिम क्षेत्रमा माथिबाट ढुङ्गा झरिरहेको हुँदा सचेत हुन जिल्ला प्रशासन कार्यालयले सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?