पूर्वराजा आइतबार स्वदेश फर्कदै, देश दौडाहामा जाने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १७, २०७६
|
|
२० पटक हेरिएको
Shares
पूर्वराजा आइतबार स्वदेश फर्कदै, देश दौडाहामा जाने

सारांश

  • पूर्व राजा ज्ञानेन्द्र शाह बैंककबाट अर्को हप्ता स्वदेश फर्कने भएका छन् ।
  • थाइल्यान्ड पुगेका उनी २२ भदौमा फर्कने उनी निकटस्थले जानकारी दिएका छन् ।
  • थाइल्यान्डमा रहँदा महत्वपूर्ण भेटघाट गरेका उनी स्वदेश फर्किएपछि देश दौडाहामा जाने बुझिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह बैंककबाट अर्को हप्ता स्वदेश फर्कने भएका छन् । थाइल्यान्ड पुगेका उनी २२ भदौमा फर्कने उनी निकटस्थले जानकारी दिएका छन् ।

थाइल्यान्डमा रहँदा महत्वपूर्ण भेटघाट गरेका उनी स्वदेश फर्किएपछि देश दौडाहामा जाने बुझिएको छ । काठमाडौं उपत्यकाबाहिरका मठ मन्दिरमा जाने गरी योजना तय भएको निकटस्थले बताएका छन् । दशैं अघि सम्म पूर्व राजा मठमन्दिर पुग्ने गरी योजना बनेको छ । विशेषगरी तराईका जिल्लाहरुमा उनको भ्रमण तय भएको छ ।

पूर्वराजा शाह भारत भ्रमणमा समेत जानसक्ने बताइएको छ । भारतमा केही महत्वपूर्ण भेटघाट तय गर्न उनी निकटस्थहरु सक्रिय भएका छन् ।

पछिल्लो समय पूर्व राजाको थाइल्यान्ड आवतजावत् बाक्लिदै गएपछि सत्तारुढ दलहरुले गम्भीरताका साथ लिएका छन् । उनले राजनीतिक चलखेल गर्न लागेको आशंका समेत भएको छ । एक महिनाको अन्तरालमा उनी दुईपटक थाइल्यान्ड गएर दुई देखि तीन हप्ता बसेका छन् । यसपटक पनि उनी तीन हप्ताका लागि थाइल्यान्ड गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?