मध्यरातमा खोलाले जीप बगायो, चार जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
मध्यरातमा खोलाले जीप बगायो, चार जना बेपत्ता

सारांश

  • पाल्पा ।
  • लगातार वर्षाका कारण पाल्पाको तिनाउ खोलामा आएको बाढीले जीप बगाउँदा ४ जना बेपत्ता भएका छन् ।
  • मध्यरात १२ बजेतिर पाल्पाको सराईमा आएको बाढीले लु१ज १२२७ नम्बरको जीप बगाउँदा ४ जना बेपत्ता भएका हुन् ।

पाल्पा । लगातार वर्षाका कारण पाल्पाको तिनाउ खोलामा आएको बाढीले जीप बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

मध्यरात १२ बजेतिर पाल्पाको सराईमा आएको बाढीले लु१ज १२२७ नम्बरको जीप बगाउँदा ४ जना बेपत्ता भएका हुन् ।

बाढीले जीप बगाउँदा तानसेन–१ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी–१ का ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा र ४० वर्षीय पदम बहादुर कुवँरमगर बेपत्ता भएको पाल्पा प्रहरीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता हुनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु बिहेको भोज खाएर घर फर्किएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?