स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित
सारांश
- काठमाण्डाै – स्पेनीस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ ।
- गएराति भएको खेलमा रियल रायो भालेकानोसँग एक शून्यले स्तब्ध बन्यो ।
- भालेकानाको मैदानमा भएको खेलमा रियललाई हारको स्वाद चखाउन एड्री इम्ब्राबाकाे एकमात्र गोल निर्णायक बन्यो ।
काठमाण्डाै – स्पेनीस ला लिगामा रियल मड्रिडले अर्को हार ब्यहोरेको छ । गएराति भएको खेलमा रियल रायो भालेकानोसँग एक शून्यले स्तब्ध बन्यो । भालेकानाको मैदानमा भएको खेलमा रियललाई हारको स्वाद चखाउन एड्री इम्ब्राबाकाे एकमात्र गोल निर्णायक बन्यो ।
खेलको २३ औं मिनेटमा एड्रीले गरेको गोल नै अन्तिममा भालेकानोलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।
पुरै खेलमा रियलले आधा दर्जन प्रहार गरेपनि गोल गर्न सकेन । जसका कारण रियल अंक तालिकामा पछाडी परेको छ ।
लिगको उपाधि बार्सिलोनाले जितिसकेको अवस्थामा रियल अब तेस्रो स्थानमा रहने पक्का जस्तै बनेको छ ।
दोस्रो स्थानको एट्लेटिको भन्दा रियल नौ अंकले पछाडी रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया