भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २३, २०७६
|
|
६२ पटक हेरिएको
Shares
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर

सारांश

  • भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
  • लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार थपलियाले राससलाई जानकारी दिनुभयो ।
  • मन्दिरभित्र यस्तो गजुर छ भन्ने कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायका अधिकारीलाई यसअघि थाहा थिएन ।

भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार थपलियाले राससलाई जानकारी दिनुभयो । मन्दिरभित्र यस्तो गजुर छ भन्ने कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायका अधिकारीलाई यसअघि थाहा थिएन ।पहिले एक तले मन्दिर रहेकामा पछि दुई तला थपेर तीनतले प्यागोडाशैलीको मन्दिर निर्माण गरेको प्रारम्भिक अध्ययनपछि थाहा भएको विभागका पुरातत्व अधिकृत अमृता महर्जनले बताउनुभयो ।

मन्दिर लिच्छविकालमा बनेको विश्वास गरिए पनि मन्दिर परिसरमा शिलालेख भने फेला परेको छैन ।नयाँ भेटिएका गजुरका विषयमा विभाग र कोषका उच्च अधिकारीले अध्ययन गर्नुहुने भएको छ । भित्रको गजुर बाहिरको भन्दा पुरानो छ । परेवाले गरेको विष्टाले छोपेको गजुरलाई सफा बनाइएको छ । पुनःनिर्माणका लागि मन्दिर भत्काउने क्रममा नयाँ गजुर भेटिएपछि काम बन्द गरेर मन्दिरलाई जस्ताले छोपेर राखिएको छ । कोष र विभागका विज्ञको समूहले नयाँ गजुरका बारेमा अध्ययन गरी निष्कर्ष निकालेपछि मन्दिर भत्काएर पुनःनिर्माण गरिने कोषले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निशाना छापमा नेपालको गलत नक्सा सच्चाउन वेवास्ता
निशाना छापमा नेपालको गलत नक्सा सच्चाउन वेवास्ता
रुकुममा विप्लव समूह  परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
रुकुममा विप्लव समूह परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
मेयर पदमा ३ मत मात्रै ल्याए, गरे आफ्नै श्राद्ध
मेयर पदमा ३ मत मात्रै ल्याए, गरे आफ्नै श्राद्ध
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन
मुकुल ढकालको साधारण सदस्यता पनि खोस्ने तयारी
मुकुल ढकालको साधारण सदस्यता पनि खोस्ने तयारी
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो
इमरान खानमाथि मोदीले किन विश्वास गर्न सकेनन्?
इमरान खानमाथि मोदीले किन विश्वास गर्न सकेनन्?
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
ओलीइतर समूहले राजदूत नियुक्ति र मन्त्रिपरिषद पुर्नगठन सच्याएर जानुपर्ने प्रस्ताव ल्याउँदै
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर
अन्तराष्ट्रिय मिडियामा महरा छाउँदा कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच आएको ठहर