भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
भारतीय विदेशमन्त्री जयशंकर नभेटेका प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई होटलमै भेटे

सारांश

  • काठमाडौं, २४ भदौ ।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न होटल मेरिएटमा पुगेर भेटवार्ता गरेका छन् ।
  • केही समय पहिले काठमाडौंमा सम्पन्न पाँचौ नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतीय नवनियुक्त विदेशमन्त्री डा.

काठमाडौं, २४ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न होटल मेरिएटमा पुगेर भेटवार्ता गरेका छन् ।केही समय पहिले काठमाडौंमा सम्पन्न पाँचौ नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतीय नवनियुक्त विदेशमन्त्री डा. एस. जयशंकरसँग प्रोटोकल देखाउँदै भेट्न नगएका प्रचण्ड भने चिनियाँ विदेशमन्त्री भेट्न आफैं होटल पुगेका छन् । उनको यो कदम निकै आश्चर्यजनक छ ।

भदौ २२ गते आइतबार नेपाल आएका चिनियाँ विदेमन्त्री वाङले स्वदेश फर्किनुअघि मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमत्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटघाट गरेका हुन् ।

बिहानै भक्तपुर घुमेर फर्किएका वाङले ९ बजेदेखि करिब साढे ९ बजेसम्म प्रचण्डसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?