किच्कन्या के हो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
किच्कन्या के हो ?

सारांश

  • किच्कन्याको कथा धेरैले सुनेको हुनुपर्छ ।
  • कतिपयले किच्कन्या भेटेको या किचकन्याले लखेटेको भन्ने गरेका छन् ।
  • किच्कन्या नेपाल र भारतीय समाजमा प्रचलित किम्वदन्ती र कथाहरुको भूत हो ।

किच्कन्याको कथा धेरैले सुनेको हुनुपर्छ । कतिपयले किच्कन्या भेटेको या किचकन्याले लखेटेको भन्ने गरेका छन् । किच्कन्या नेपाल र भारतीय समाजमा प्रचलित किम्वदन्ती र कथाहरुको भूत हो । यसले महिलालाई कुनै हानीनोक्शानी पुर्याउँदैन पुरुषलाई भने हानी पुर्याउनेगरेको विश्वास छ ।भारतमा चुडैल पनि भन्ने गरिन्छ । तर, चुडैलभन्दा किचकन्या केही भिन्न मानिन्छ । यसले हानी नोक्शानी पनि पुर्याउने गरेको बताइन्छ ।

किचकन्या रातको समयमा मात्र देखिने गरेको बताइन्छ । भेटेको दाबी गर्नेहरुका अनुसार किचकन्या नारी स्वरुपको हुन्छिन् । असाध्यै सुन्दर र सफा हुन्छिन् । सबै सुन्दर भएपनि किचकन्यालाई चिन्न उपाय भनेको खुट्टाको पाउ मात्रै हो । किचकन्याको पाउ सामान्य मानिसकको भन्दा भिन्न अर्थात् औंलाको भाग पछाडि र कुर्कुच्चा अगाडि फर्केको हुन्छ ।

किचकन्या चिहानबाट निस्कने गरेको बताइन्छ । मध्यरातमा चिहानबाट निस्कने र उज्यालो हुनेवित्तिकै फर्कने गर्छिन् । रातको समयमा पुरुषलाई भेटेमा यीनले आफ्नो पासोमा पार्छिन् । किचकन्याले मानिसलाई मार्ने या नोक्शानी पारिहाल्ने गर्दिनन् । तर, यीनले आफूसँग सम्बन्ध बनाएर पल्काउँछिन् । सम्बन्ध बनाउन पल्केको पुरुष विस्तारै सुक्दै जान्छ र मृत्युको अवस्थामा पुग्छ ।

किच्कन्यासँग पल्केको पुरुषलाई छुटाउन तन्त्रमन्त्रबारे पनि सुनिएको छ । तान्त्रिकले किचकन्यासँग फसेको पुरुषलाई धागो दिने र सम्बन्धको समयमा धागो बानिदिन लगाउँछ । लामो धागोका कारण किचकन्या कुन स्थानबाट निस्केकी हुन् पत्ता लाग्छ । त्यस स्थानमा हड्डी भेटिन्छ । हड्डीलाई नष्ट गरेर र तन्त्र मन्त्र गरेर किचकन्या आउन नसक्ने बनाइन्छ । यसको अर्थ यो मृत महिलाको भड्केको आत्मा हो ।राजा महाराजाहरु पनि किचकन्यासँग फसेको किम्वदन्ती छ । किचकन्यासँग मल्ल राजा प्रताप मल्ल समेत फसेको किम्वदन्ती छ । पछि उनलाई तान्त्रिकले छुटाइदिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षको योजनाको काम पाँच महिनामै सम्पन्न
यस्तो आयो पछिल्लो मतपरिणाम, अघि लाग्यो एमाले
यस्तो आयो पछिल्लो मतपरिणाम, अघि लाग्यो एमाले
सीमाले रोक्दैन् सिर्जनालाई
सीमाले रोक्दैन् सिर्जनालाई
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान
चलचित्रमार्फत बालविवाह नियन्त्रण अभियान
३३ किलाे सुन प्रकरण: ‘गोरे’का सहयोगी राम तिवारी लाई मोरङ बुझाईयो
३३ किलाे सुन प्रकरण: ‘गोरे’का सहयोगी राम तिवारी लाई मोरङ बुझाईयो
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान
सयौं कम्पनीका लाइसेन्स खारेज गर्ने सरकारको तयारी
प्रचण्डद्वारा ओलीमाथि ‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको’ आरोप

तपाईंले छुटाउनुभयो कि?