औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
३७ पटक हेरिएको
Shares
औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व

सारांश

  • रुपन्देही, २९ भदौ ।
  • नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् ।
  • सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।

रुपन्देही, २९ भदौ । नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन् । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल न्यौपानेलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।सङ्घको आगामी नेतृत्वका लागि अध्यक्षबाहेक सबै पद निर्विरोध भएको थियो । निर्वाचन समितिका अनुसार अध्यक्षमा भट्टराईले ३२९ मत प्राप्त गरी विजयी भए भने प्रतिद्वन्द्वी न्यौपानेले १२८ मत प्राप्त गरेका छन् । मतदानका क्रममा छ मत बदर भएको निर्वाचन समितिका संयोजक कृष्ण भट्टराईले बताए ।

सङ्घको उपाध्यक्षमा खड्गबहादुर बस्नेत, महासचिवमा पुरुषोत्तम भट्टराई, सचिवमा नारायणबहादुर थापा र कोषाध्यक्ष पदमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । यस्तै सहकोषध्यक्षमा माधव खनाल र सदस्यमा गणेश सेढाईं, कृष्ण पोखरेल, गोपाल घिमिरे सर्वसम्मत निर्वाचित भए । यसअघि अञ्चल शाखाको रूपमा रहेको सङ्घको जिल्ला कार्यसमितिका लागि पहिलोपटक अधिवेशन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Rubina Dilaik’s wedding festivities begin, here’s the first pic of her Mehendi ceremony!
Rubina Dilaik’s wedding festivities begin, here’s the first pic of her Mehendi ceremony!
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग
ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग
यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढी
यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढी
प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम
प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस
सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग
सलमानलाई सार्वजनिक स्थानमा कुट्नेलाई २ लाख
सलमानलाई सार्वजनिक स्थानमा कुट्नेलाई २ लाख
क्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पायो
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम

तपाईंले छुटाउनुभयो कि?