अमेरिकी व्यापार प्रतिनिधिहरु वार्ताका लागि बेइजिङ आउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अमेरिकी व्यापार प्रतिनिधिहरु वार्ताका लागि बेइजिङ आउँदै

सारांश

  • बेइजिङ, ७ चैत ।
  • अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीया वाणिज्य मन्त्रालयले जनाएको छ ।
  • दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको छ ।

बेइजिङ, ७ चैत । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीया वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता गाओ फेङले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिहरु फर्किएलगत्तै अप्रिलमा चिनीया उपप्रधानमन्त्री लिऊ हे व्यापार वार्ताका लागि अमेरिका जानुहुने जानकारी दिनुभयो ।

वासिङ्टन र बेइजिङले व्यापार सम्झौतालाई अन्तिम स्वरुप दिन सङ्घर्ष गरिरहेका छन् । अमेरिकी प्रतिनिधि हरुले चिनियाँ औद्योगिक नीतिमा व्यापक फेरबदल हुनुपर्ने माग गरिरहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पनि अमेरिकी करवृद्धिलाई अझै निरन्तरता दिइरहने बताउनुभएको छ । चीनले व्यापार वार्तामा प्रगति भएसँगै जतिसक्दो चाँडो अमेरिकी करवृद्धि फुकुवा हुने अपेक्षा गरेको थियो ।

विगत आठ महिनादेखि संयुक्तराज्य अमेरिका र चीनले एकअर्काका करिब तीन खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमाथि करवृद्धि गरेका छन् । यस करवृद्धिले दुबै मुलुकको उत्पादन क्षेत्रमा नकारात्मक असर परेको छ ।

शुक्रबार मात्र चीनको जनकङ्ग्रेसले बौद्धिक सम्पत्तिको संरक्षणलाई विशेष प्राथमिकता दिनेगरी नयाँ वैदेशिक लगानी कानुन पारित गरेको थियो । चीनको उक्त कानुनका बारेमा अध्ययन भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२नंम्बर प्रदेशमा चुनाब सर्दा मधेसि जनता दुखि..
ओजी लन्चले बाढीपीडितको लागि सहयोग गर्ने
ओजी लन्चले बाढीपीडितको लागि सहयोग गर्ने
पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
डोटी,नेपालगञ्ज,बाजुरा,धनगढी,प्यूठान,बाजुरा को ताजा पारीणाम
डोटी,नेपालगञ्ज,बाजुरा,धनगढी,प्यूठान,बाजुरा को ताजा पारीणाम
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही
सन्दिप चम्किँदा म्यानमार २९ रन मै अल अाउट !
सन्दिप चम्किँदा म्यानमार २९ रन मै अल अाउट !
Which usually Dating Site Is the Best? Evaluations of Best Online Dating Products
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का
मंसिर ११ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर ११ गते बिहिवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?