१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १, २०७६
|
|
२० पटक हेरिएको
Shares
१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

सारांश

  • चितवन।
  • सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ।
  • कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन्।

चितवन। सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ। कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन्।

त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ। चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको बताएका छन्। शुल्क नघटेसम्म आन्दोलन जारी रहने उनको भनाइ छ।

मुख्यरुपमा एमबिबिएसमा सरकारले तोकेभन्दा रु १२ लाख बढी शुल्क कलेजले असुल गरेको चन्दको भनाइ छ। यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ। कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएसका लागि शैक्षिक शुल्क रु ४२ लाख तोकेको बताए।

यसका अतिरिक्त आइओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्न्सिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी रु छ लाख मात्र अतिरिक्त शुल्क लिइएको उनको भनाइ छ। शुल्कका विषयमा विवाद भएपछि प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिले अध्ययनसमेत गरेको भन्दै उनले सो समितिले दिएको प्रतिवेदन र सुझावअनुसार अघि बढ्न आफूहरु तयार रहेको बताए।

समितिले शैक्षिक शुल्कका अतिरिक्त कलेजले लिँदै आएको तीन शुल्कबाहेक रजिष्टे«शन, काउन्सिल शुल्क र सम्बन्धन शुल्क लिन पाउने उल्लेख गरेको भन्दै त्यसमा रहेर काम गर्न आफूहरु तयार रहेको प्राडा न्यौपानेले बताए। अन्य सङ्कायमा सरकारले शुल्क निर्धारण गर्नुअघि कलेज स्वयंले निर्धारण गरेको शुल्क बढी भए पनि तोकेपछि भने बढी नलिएको न्यौपानेले जानकारी दिए। पुरानो शुल्क घटाउन नमिल्ने भन्दै नयाँ शुल्क सरकारले तोकेभन्दा बढी नलिइने बताए।

कलेज बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै उहाँले तत्काल आन्दोलन फिर्ता लिएर नियमित पठनपाठनमा सहयोग पुर्याउन आग्रह गर्दै आएको बताए। नेपालमा हाल १८ वटा मेडिकल कलेज सञ्चालनमा रहेका छन्। सबै मेडिकल कलेजमा यस्ता समस्या भए पनि यहाँमात्र आन्दोलन भएको उनले बताए। “सरकारले तोकेको शुल्कमा पढाउन तयार हुँदा अन्यत्र हुने हाम्रोमा मात्र आन्दोलन किन भइरहेको छ हामी अन्योलमा छौँ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन अभियान
विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन अभियान
संघनायकको सम्पूर्ण स्वास्थ्योपचार सरकारले गर्ने
संघनायकको सम्पूर्ण स्वास्थ्योपचार सरकारले गर्ने
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
गगनको आरोप : ‘ओलीलाई गणतन्त्र र प्रचण्डलाई लोकतन्त्र मन पर्न छोडेको छ’
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवको अवसरमा लेखे यस्तो लेख
पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवको अवसरमा लेखे यस्तो लेख
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
नेपालगञ्जमा मोहम्मद जयन्तीको रौनक, आज मुस्लिम धर्मावलम्बीका लागि बिदा
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

तपाईंले छुटाउनुभयो कि?