काठमाडौं ५ को १ (क) मा रामहरी अधिकारी उम्मेद्धार, यस्ता छन् चुनावी एजेण्डा
सारांश
- काठमाडौं ।
- समाजसेवी रामहरी अधिकारीले साझा विवेकशिल पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं ५ प्रदेश १ (क)बाट प्रदेश सभाका लागि उम्मेद्धार बनेका छन् ।
- मुलुकको आर्थिक सामाजिक विकास गर्दै सम्बृद्ध नेपाल निर्माण गर्ने योजना अनुरुप आफुले उम्मेद्धारी दिएको उनले प्रतिक्रिया दिए ।
काठमाडौं । समाजसेवी रामहरी अधिकारीले साझा विवेकशिल पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं ५ प्रदेश १ (क)बाट प्रदेश सभाका लागि उम्मेद्धार बनेका छन् । मुलुकको आर्थिक सामाजिक विकास गर्दै सम्बृद्ध नेपाल निर्माण गर्ने योजना अनुरुप आफुले उम्मेद्धारी दिएको उनले प्रतिक्रिया दिए । विगत लामो समयदेखि समाजसेवामा सक्रिय अधिकारीले बृद्ध आश्रम, असहाय, अपाङहरुलाई विशेष सहयोग गर्दै आएका छन् । यसका साथै २०७२ सालमा गएको महाभूकम्प पछि राहत र उद्धारमासमेत उल्लेखनीय सहयोग गरेका थिए ।
हाल गौरा–पार्वती समुदायिक आस्पतालको प्रमुख सल्लाहकार, रसुवा नुवाकोट पर्यटन समाजको सल्लाहकार, पशुपतिनाथ (बागमती गंगा आरती सेवा) समितिको सहयोगी सदस्य, विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको आजीवन सदस्य र रारा समाजको अध्यक्षको रुपमासमेत कार्यरत छन् । स्पष्ट वक्ता र शालिन स्वभावका अधिकारी सबैका प्रिय छन् ।
यस्ता छन् अधिकारीका चुनावी एजेन्डा:
राम हरि अधिकारी
उम्मेदवार काठमाडौँ क्षेत्र नुम्बेर ५, प्रदेश नं १
चुनाव चिन्ह ‘तराजु’
म केहि समय जागिर पश्चात हाल International Logistic Business मा आबद्द विभिन्न स्वास्थ्य उपकरणहरू सप्लाईमा आवद्ध , मिमोस बचत तथा ऋण सहकर्रीको सल्लाहकार लगायत उद्यमशिल क्षेत्रमा क्रियाशील, व्यक्ति बन्ने तर देश न बन्ने दशकौको विडम्बनालाई सदाको लागि अन्त्य गरि यो देशलाई हाम्रै जीवनकालमा समृद्द बनाउने दृढताका साथ सुसंस्कृत राजनीतिक शक्ति निर्माणमा जुटन म ७ महिना अगाडी देखि बिबेकशील नेपाली पार्टीमा आवद्द थिए। हाल बिबेकशील–साझा पार्टीको क्षेत्र नुम्बेर ५ (१) को उम्मेदवारको भूमिकामा छु ।
म आफ्नो व्यवस्या संगसंगै बिगत १५ वर्ष देखि नै सामाजिक क्षेत्रम लागि रहेको छु । जस्तो केहि बृदाश्रम, असहाय, अपाङ्गहरुको सहयोग गर्दै, महाभूकम्प २०७२ मा पिडितहरुको लागि काठमाडौँको साँखु ललितपुरको छम्पिदेउरलि, धादिंगको खाल्टे गा बि स, नुवाकोट को तार्केश्वोर गाउपालिका लगायत अन्य ठाउँ हरुमा राहत विरणमा लागि रहे । बिकट ठाउँका बासिन्दाहरु औषदी उपचारको अभावमा अकलमा मृत्यु हुनबाट ज्यान नजाओस् भन्ने हेतुका साथ् धादिंग नुवाकोटको सिमाना र आसपासका बासिन्दाहरुका लागि मेरै सहयोबाट एम्बुलेन्स संचालनमा छ ।
हाल म गौरा–पार्वती समुदायिक आस्पतालको प्रमुख सल्लाहकार , रसुवा नुवाकोट पर्यटन समाजको सल्लाहकार, पशुपतिनाथ (बागमती गंगा आरति सेवा)समितिको सहयोगी सदस्य, विस्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका आजीवन सदस्य र हाल रारा समाज, धुम्बाराहीको अध्यक्ष छु ।
निर्वा्चित भएको खण्डमा मैले पौने तलब सुभिधा क्षेत्र नुम्बेर ५ क संगसंस्था तथा आन्य परोपकारीहरुको लागि काम गर्ने अठोट गरेको छु ।
मेरो प्रतिबद्धत्ताहरु :
१) म प्रदेश सभाको सदस्यको काम कर्तव्य र अधिकारको सिमा भित्र बसी, खासगरी क्षेत्र नुम्बेर ५ (१) क बासिन्दाहरुको सम्पूर्ण उपत्यका र देशको लागि दिलो ज्यान दिएर काम गर्छु ।
२) म महानगरपालिकासंग सामान्य गरि क्षेत्र नुम्बेर ५ को खुल्ला जगको सम्रक्षण, बच्चाहरुको लागि चिल्ड्रेन पार्कको निर्माण, बृद्धबृद्धाहरुको लागि आरामघुमफिर गर्ने सामुदायिक स्थल समुरना टोल समाजमा सोलार बत्ति जडान गर्ने छु। टोल समाजको सुरक्षाको लागी आवश्यकता हेरी साइरन र सिसिटिभि क्यामेरा जडान र सेक्योरिटिगार्ड को व्यवस्था गर्ने छु। टोल समाजलाइ सधै सफा र हराभरा बनाउन स्थानीय फोहोर मैलालाइ स्थानीय रुपमा व्यवस्थापन गरि, त्यसबाट उठेको रकमबाट सडक दैनिक रुपमा सफा र डस्बिनको व्यवस्था गरि खुल्ला निजि जग्गालाइ वाल कम्पाउण्ड लगाई सबै एरिया भित्र एउतै कलर लगाई सामाजिक जना चेतना मुलक संदेशहरु राखी टोल समाज मठमन्दिरलाइ सुन्दर बनाउने छु र आवश्यकता हेरी खालि ठाउमा वृक्षरोपण गरि हराभरा बनाइ नमुना सहर बनाउनेछु ।
३) भत्केको सडक र ढलको उचित व्यवस्थापन गरि राहत को महसुस गराउनेछु ।
४) आसपासमा रहेको सुकुम्बासीहरुको उचित व्यवस्थापन गर्ने छु र खुल्ला जग्गाहहरुलाइ सदुपयोग गरि शारिकि फिटनेस, योगा, सामुहिक भेला तथा सभा सम्मेलन् र मानसिक क्षमता विकासका लागि मुल्तिपर्पोस बिल्डिंग बनाउने छु ।
५) टोल चोकचोकमा निः शुल्क वाईफाई को जडान गर्नेछु ।
६) बिगतमा पानीको हाहाकार र मेलम्चीबाट ल्याउन लागिएको पानीबाट पनि प्राप्त रुपमा पानी नपुग्ने देखिएको हुदा पानीको असमान बित्तरणले उब्जीएको चरम भ्रस्टचारलाई निर्मुल गरी सबैलाई समान रुपमा पानीको बित्तरण गर्ने व्यवस्था मिलाउने छु ।
७) प्रदेश सभाको सदस्यको रुपमा महानगरपालिका भित्र व्यवस्थित सहरिकरण, आधारभुत पूर्वाधार लगायत नगरबासिका प्रत्यक्ष सरोकारबारे तपाईको दृस्टीकोण प्रदेश सभामा जोडदार रुपमा राख्नेछु र ति बिषयहरुमा आवश्यक नीति र कानुन निर्माणमा पहल गर्ने छु ।
८) मा परदेश सभाको सदश्य को हैसियतमा आफ्नो क्षेत्रको बिकाशको लागि पाउने र ल्याउने सक्ने बजेट क्षेत्र नुम्बेर ५ (१) का प्रवद्ध र प्रतिनिधि व्यक्तिहरुको समूह बनाएर उनीहरुको सल्लाह सुझावमा भेदभाव नगरी खर्च गर्ने छु । ति रकमहरु म कुनै पनि हालतमा राजनीतिक स्वार्थ र लाभको लागि खर्च गर्ने छैन ।
९) म परदेश सभाको सदस्यको रुपमा देशको अहित हुने काम गर्दिन । उदाहरणको लागि प्रधान्यायधीश माथि माहाअभियुग लगाउने, राष्ट्रिय सेवक कर्मचारीहरुको मनोबल गिर्ने गरि कनिष्ठ असक्षम व्यक्तिहरुको नेतृत्वलाइ बढुवा दिने, दशौ लाख विद्यार्थीको भविष्य आन्धकार हुने शिक्षा ऐन पारित गराउने, व्यत्तिगत लाभको लागि करोडौ नेपालीको स्वास्थ सेवामा खेलवाड गर्ने कानुन बनाउने छैन ।,
प्रतिक्रिया