फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाल
सारांश
- काठमाडौं, २ असोज ।
- नेपालले विश्व फुटबलको सर्वोच्च संस्था फिफाको वरियतामा फड्को मारेको छ ।
- आज प्रकाशित भएको विश्व वरियतामा पुरुषतर्फ नेपाल १६१ औं स्थानमा रहेको छ ।
काठमाडौं, २ असोज । नेपालले विश्व फुटबलको सर्वोच्च संस्था फिफाको वरियतामा फड्को मारेको छ । आज प्रकाशित भएको विश्व वरियतामा पुरुषतर्फ नेपाल १६१ औं स्थानमा रहेको छ । यसअघि नेपाल १६६ औं स्थानमा थियो ।नेपालले फुटबल विश्वकप छनोटमा ताइवानमाथि जीत हासिल गरेको थियो भने उमेर समूहमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
नेपाली फुटबल विगतमा खस्किएको गुनासो भइरहँदा फिफा वरियतामा भने निकै सुधार भएको छ । फिफा वरियतामा बेल्जिम पहिलो स्थानमा छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया