आमाको हत्यापछि छोराछोरीको बिचल्ली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
आमाको हत्यापछि छोराछोरीको बिचल्ली

सारांश

  • दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् ।
  • मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए ।
  • हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

हत्या अभियोगमा कारागार चलान भएपछि अहिले कृष्णका चार छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णकी आमा पार्वतीलाई अहिले आफ्ना नातिनातिनीहरुको साँझ बिहानको भोक मार्ने चिन्ताले गाँजेको छ । कृष्णका छोराछोरीको गत असारदेखि पढाइ पनि अलपत्र परेको छ । स्थानीयवासी भरत द्वारियाका अनुसार पार्वतीलाई बाथरोगले ग्रसित बनाएको छ । पावर्तीको घरमा खानलाई अन्नको दाना पनि छैन । काम गरी कमाएर कलिला नातिनातिनालाई पाल्न सक्ने ताकत उहाँमा छैन ।

रक्सीले मातेका बुवाले आखै अगाडी आमाको बिभत्स हत्या गरेको देखेका कृष्णका छोरा छोरी अहिले कसैसँग बोल्न समेत डराउछन् । आमाको हत्यापछि बिचल्लीमा परेका उनीहरुको पढाईको जिम्मा दिपायल नगर प्रमुख मञ्जु मलासीले लिने प्रतिबद्धता गरेको पार्वतीले बताउनुभयो । उहाँले भन्नुभयो, “नातिनातिनालाई पढाउँछु त भन्नुभएको हो, तर पछि आउनुभएन के पो भयो ।” तत्कालको समयमा नगरपालिका र वडा कार्यालयले किरिया खर्चवापत भनेर पार्वतीका परिवारलाई रु ३५ हजार राहत दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?