गजल : पद्मा लिंखामगर

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
गजल : पद्मा लिंखामगर

सारांश

  • माम्लिङ– ४ संखुवासभामा लोकमान लिंखा र पूर्णकुमारी लिंखाको कोखमा जन्मिएकी पद्मा लिंखामगरका “नजर” गीतिएल्बम, “नजर– २” गीतिएल्बम, इन्द्रेनी गीतिएल्बम, “उज्यालोको खोजी” गजलसंग्रह प्रकाशित छन् ।
  • अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको आजीवन सदस्य तथा झुम्लावाङ गाउँ संस्थापना रुकुम सञ्चालन गरिरहेकी पद्माले पाँचौं विन्ध्यवासिनी अवार्ड– २०७१ मा सर्वोत्कृष्ट महिला गीतकारको अवार्डसमेत जितेकी छन् ।

माम्लिङ– ४ संखुवासभामा लोकमान लिंखा र पूर्णकुमारी लिंखाको कोखमा जन्मिएकी पद्मा लिंखामगरका “नजर” गीतिएल्बम, “नजर– २” गीतिएल्बम, इन्द्रेनी गीतिएल्बम, “उज्यालोको खोजी” गजलसंग्रह प्रकाशित छन् । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको आजीवन सदस्य तथा झुम्लावाङ गाउँ संस्थापना रुकुम सञ्चालन गरिरहेकी पद्माले पाँचौं विन्ध्यवासिनी अवार्ड– २०७१ मा सर्वोत्कृष्ट महिला गीतकारको अवार्डसमेत जितेकी छन् । अमेरिकामा रहेर पनि समाजसेवामा उत्तिकै सक्रिय पद्माको यो गजल :

पद्मा लिंखामगर

जसको पुत्ला बल्थ्यो हिजो आज उसलाई ताली
बुझ्नै गाह्रो मान्छेको मन भरी हो या खाली

जता जता आगो बल्छ उतै ताप्दै हिंड्ने
स्वार्थी नियत बुझें मैले बल्ल यसैपालि

सोझो सिधा बाँच्नै गाह्रो जमाना के आयो
हाई हाई पाउने यहाँ सधैं फटाहा र जाली

विश्वास गरी जिम्मा दिँदा बगैंचा नै सारा
झार जोगाउँछ फूल हाँगा काट्दै फाल्छ माली

चतुर ठान्छ आफूलाई विवेक छैन कत्ति
टुप्पोतिर चढ्न खोज्छ रुखको फेदै ढाली

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त
समानुपातिकतर्फ ६० जिल्लाको मतगणना समाप्त
भ्रष्टाचार विष वृक्ष जस्तै सबैका लागि पीडादायी हुनुपर्छ : राष्ट्रपति भण्डारी
भ्रष्टाचार विष वृक्ष जस्तै सबैका लागि पीडादायी हुनुपर्छ : राष्ट्रपति भण्डारी
२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्
२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्
माघ महिनामा बैंकको निक्षेपमा सुधार
माघ महिनामा बैंकको निक्षेपमा सुधार
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल
तोलामा एकैदिन १२०० ले घट्यो सुनको मूल्य
तोलामा एकैदिन १२०० ले घट्यो सुनको मूल्य
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो
करिव ५० लाखको प्रहरी जवान भवन उद्धघाटन
करिव ५० लाखको प्रहरी जवान भवन उद्धघाटन