नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
सारांश
- यसवर्षको मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल अस्पतालले विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।
- सोही क्रममा आज विहानै अस्पतालले प्रभातफेरि कार्यक्रम आयोजना गर्यो ।
- प्रभातफेरिमा गतवर्ष नर्भिकमा विविध किशिममा मुटुरोगका सफलतापूर्वक उपचार गराई नवजीवन प्राप्त गरेका विरामी, चिकित्सक, नर्भिकका कर्मचारी र सर्वसाधारणलाई सहभागि थिए ।
यसवर्षको मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल अस्पतालले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । सोही क्रममा आज विहानै अस्पतालले प्रभातफेरि कार्यक्रम आयोजना गर्यो । प्रभातफेरिमा गतवर्ष नर्भिकमा विविध किशिममा मुटुरोगका सफलतापूर्वक उपचार गराई नवजीवन प्राप्त गरेका विरामी, चिकित्सक, नर्भिकका कर्मचारी र सर्वसाधारणलाई सहभागि थिए ।
प्रभातफेरि विहान ६ः३० बजे नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर सम्पन्न भएको थियो । नर्भिक अस्पतालका मुटुरोग विभागीय निर्देशक प्रा.डा.यादवदेव भट्ट सहित अन्य मुटुरोग विशेषज्ञ सहित करिब २०० सहभागि थिए ।

विश्व मुटु दिवस कार्यक्रमको औपचारिक उद्घाटन भोली शनिबार विहान ११ः३० बजे हुने अस्पतालले जनाएको छ । औपचारिक कार्यक्रम सुरु हुनु अघि विहान ८ बजेदेखि १० बजेसम्म मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम छ । प्रशिक्षण प्रा.डा भट्टसहितको मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओ.पी.डी विभागमा दिनेछ ।

विश्व मुटु दिवस विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको हो । यस वर्षको मुटु दिवस वर्ष सेप्टेम्बर २९ तारीखका दिन विश्व मुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइदैछ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् ।
प्रतिक्रिया