पूर्व लडाकुले किन गरे गृहमन्त्रीकै सामु आत्महत्याको प्रयास !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पूर्व लडाकुले किन गरे गृहमन्त्रीकै सामु आत्महत्याको प्रयास !

सारांश

  • काठमाडौं ।
  • बृहत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको दिन एक पूर्व माओवादी लडाकुले मन्त्रीकै अघि विष खाएर आत्महत्याको प्रयास गरेका छन् ।
  • हिजो गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले मन्त्रीकै अगाडि विष खाएका हुन् ।

काठमाडौं । बृहत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको दिन एक पूर्व माओवादी लडाकुले मन्त्रीकै अघि विष खाएर आत्महत्याको प्रयास गरेका छन् ।

हिजो गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले मन्त्रीकै अगाडि विष खाएका हुन् । पहिलो माओवादीसँगै बन्दुक बोकेर हिडेका ३५ वर्षीय कुलप्रसाद भट्टराईले गृहमन्त्रीलाई भेटन गएका बेला मन्त्रीकै अगाडि आत्महत्याको प्रयास गरेका थिए ।

खान, लाउनसमेत समस्या हुँदा पनि पार्टी, सरकारले केही पनि सहयोग नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर खान थालेका थिए । तुरुन्तै उनलाई विष खोसेर अस्पताल लगिएको थिए ।
गृहमन्त्रीलाई एक समुह मन्त्रालय पुगेका थिए । भेट्न गएका टोलीमा कुलप्रसाद पनि सँगै रहेको बताइएको छ ।

द्वन्द्वको बेला उनलाई पनि गोली लागेको थियो । युद्धमा हिड्दा आफूलाई गोली लागेको कुनै सहयोग नपाएको भन्दै दुखसो पोखेर आँसु झारेका थिए ।

अस्पतालले विष खाएको पुष्टि गरेको छ । उनको स्वास्थय अवस्था खतरामुक्त रहेको वीर अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?