मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटमा सेट नै परिवर्तनको तयारीमा पुगेका छन् ।
  • उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग आजै मन्त्रिमण्डलमा हेरफेरबारे छलफल गरेका छन् ।
  • मन्त्रिमण्डलमा मन्त्रीहरुको कामबारे समीक्षा समेत भएपछि को को राख्ने र को को झिक्नेबारे समेत छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटमा सेट नै परिवर्तनको तयारीमा पुगेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग आजै मन्त्रिमण्डलमा हेरफेरबारे छलफल गरेका छन् । मन्त्रिमण्डलमा मन्त्रीहरुको कामबारे समीक्षा समेत भएपछि को को राख्ने र को को झिक्नेबारे समेत छलफल भएको बुझिएको छ ।

ओलीले सरकारको काम कारबाहीलाई सशक्त बनाउन मन्त्रिहरुको हेरफेर कात्तिको पहिलो हप्तानै गर्ने तयारी गरेका छन् । यसबारे उनले प्रचण्डसँग परामर्श गरेका हुन् । मन्त्रिहरुलाई दशैं मान्न दिने नीति अनुरुप ओलीले केही अघि नै मन्त्रिहरुको हेरफेरलाई थाती राखेका थिए । अब उनी तत्काल एक्सनमा जाने गरी तयारीमा जुटेका छन् ।

ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईबाहेकका मन्त्रीको ठाउँमा नयाँ नाम दिन समेत भनेको विश्वस्त स्रोतले जनाएको छ । ओलीले पूर्व एमालेका तर्फबाट मन्त्री भएका अन्यलाई भने हटाउने गरी तयारी गरिसकेका छन् । प्रचण्ड बुहारीसमेत रहेकी खानेपानीमन्त्री विना मगरलाई हटाउन नदिने पक्षमा छन् ।

मगरबाहेक अन्यको हेरफेरमा प्रचण्ड लचिलो देखिएका छन् । तर, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई मन्त्री कायमै राख्न एउटा पक्ष लबिङमा लागिसकेकाले उनलाई जोगाउन प्रचण्ड सक्रिय हुनसक्ने देखिएको छ । रघुवीर हट्ने परिस्थितिमा महेश बस्नेतलाई भौतिक पूर्वाधारमन्त्री बनाउनुपर्ने पक्षमा प्रचण्ड पनि उभिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?