ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ

सारांश

  • काठमाडौं।
  • दाङबाट ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना कार्यकर्ता पक्राउ परेका छन्।
  • उनीहरुलाई बिहीबार राति १ बजे राजपुर गाउँपालिकाको नरेठाँट जंगलमा रहेको एक घरमा बैठक बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए।

काठमाडौं। दाङबाट ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना कार्यकर्ता पक्राउ परेका छन्।उनीहरुलाई बिहीबार राति १ बजे राजपुर गाउँपालिकाको नरेठाँट जंगलमा रहेको एक घरमा बैठक बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए।

‘आज राति १ बजे राजपुर गाउँपालिका–४ को नरेठाँट जंगलमा रहेको एक घरबाट बैठक गरिरहेको अवस्थामा केही केन्द्रीय सदस्यसहित २१ जनालाई पक्राउ गरिएको छ,’ डिएसपी शाहले डिसी नेपालसँग भने, ‘अहिले उनीहरुलाई सदरमुकाम ल्याउने काम भइरहेको छ।’

प्रहरीले २१ जना पक्राउ परेको पुष्टि गरेपनि विष्फोटक पदार्थ कति मात्रामा फेला परेको हो भन्ने विषयमा यकिन भइनसकेको जनाएको छ। अहिले उक्त ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका २१ जनालाई सदरमुकाम ल्याइँदैछ। उनीहरु कुन तहका नेता कार्यकर्ता हुन् भन्ने कुरा अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ। सरकारले गत फागुन २८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाएपछि ठूलो संख्यामा विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?