प्रधानमन्त्री ओली अजरवैजान प्रस्थान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली अजरवैजान प्रस्थान

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन्।
  • प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गरेका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन्।प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गरेका हुन्। त्यस अवसरमा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङ, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल तथा नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

प्रधानमन्त्री ओलीले सो सम्मेलनमा ‘बाङडुङ सिद्धान्तलाई आत्मसात गर्दै वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतीको प्रतिक्रिया दिने’ विषयमा सम्बोधन गर्नेछन्। सो सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली यस अघि नै बाकु पुगिसकेका छन्। प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीलगायतका परराष्ट्र अधिकारीहरुको सहभागिता रहेको छ।

आगामी शुक्रबार र शनिबार बाकुमा हुने सो सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीले सम्मेलनको क्रममा विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली कातिक १० गते आइतबार स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० भदौबाट सुरु हुँदै ‘जनताका साथमा कांग्रेस’
१० भदौबाट सुरु हुँदै ‘जनताका साथमा कांग्रेस’
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
अमेरिकाको न्यु मेक्सिकोमा १८ वर्षे किशोरद्वारा ३ जनाको हत्या
ब्रैथवेटको सतकले जोगाउन सकेन वेस्ट इण्डिजलाई, न्युजिल्याण्ड शीर्ष स्थानमा
ब्रैथवेटको सतकले जोगाउन सकेन वेस्ट इण्डिजलाई, न्युजिल्याण्ड शीर्ष स्थानमा
नेताबाटै शसस्त्र प्रहरीको दुरुपयोग, कुन नेतासँग कति जना छन् प्रहरी ?
नेताबाटै शसस्त्र प्रहरीको दुरुपयोग, कुन नेतासँग कति जना छन् प्रहरी ?
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
​फेरि अर्का कमरेड परस्त्रीसँग फन्दामा, बाहिरियो फोन रेकर्ड
​फेरि अर्का कमरेड परस्त्रीसँग फन्दामा, बाहिरियो फोन रेकर्ड
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

तपाईंले छुटाउनुभयो कि?