यी हुन् विश्वकै सुरक्षित कार, कुनले कति स्टार पायो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
यी हुन् विश्वकै सुरक्षित कार, कुनले कति स्टार पायो ?

सारांश

  • हालै कार सेफ्टी रेटिङ एजेन्सी ग्लोबल एनक्यापले भारतको सबैभन्दा लोकप्रिय कारको सेफ्टी रेटिङ सार्वजनिक गरेको छ ।
  • ग्लोबल एनक्यापले हालसम्म २५ भारतीय कारको परीक्षण गरिसकेको छ ।
  • यी कारले सेफ्टी रेटिङमा ४ वा ५ स्टार पाएका छन् ।

हालै कार सेफ्टी रेटिङ एजेन्सी ग्लोबल एनक्यापले भारतको सबैभन्दा लोकप्रिय कारको सेफ्टी रेटिङ सार्वजनिक गरेको छ । ग्लोबल एनक्यापले हालसम्म २५ भारतीय कारको परीक्षण गरिसकेको छ । यी कारले सेफ्टी रेटिङमा ४ वा ५ स्टार पाएका छन् ।

भारतले पनि नयाँ भेइकल्स सेफ्टी एसेसमेन्ट प्रोग्राम क्र्यास टेस्ट लन्च गरेको छ । सबै गाडीहरुलाई नयाँ सेफ्टी एआईएस १४५ सिस्टमको अनुसार अपडेट गरिसकेको छ । एआईएस १४५ अर्थात् अटोमोटिभ इन्डस्ट्रि स्ट्यान्डर्ड १४५ का अनुसार कारमा सिट बेल्ट वार्निङ, एयरब्याग, स्पिड वार्निङ र रिभर्स पार्किङ असिस्ट जस्ता फिचर हुनु अनिवार्य छ ।

टाटा नेक्सन – ५ स्टार
सबै कारमा टाटा नेक्सन मात्र यस्तो कार हो जसले ५ स्टार पाउन सफल भएको छ । यसले एडल्ट अक्युपेन्सीमा १७ मा १३.५६ अंकको साथमा ४ स्टार, चाइल्ड अक्युपेन्सीमा ४९ मा २५ अंकको साथमा ३ स्टार पाउन सफल भएको छ । टाटा नेक्सनलाई गत वर्ष पनि ५ स्टार रेटिङ मिलेको थियो । नेक्सनमा एबीएसको साथमा २ एयरब्याग पनि समावेश गरिएको छ । साथै एक्सजेड प्लस र एक्सजेडए प्लस भेरिएन्टमा आईसोफिक्स फिचर पनि समावेश गरिएको छ । नेक्सनको सबै भेरिएन्टमा दुई एयरब्याग, एबीएस र आईएसओएफआईएक्स चाइल्ड सिट माउन्ट्स स्ट्यान्डर्ड समावेश गरिएको छ ।

मारुती सुजुकी भिटारा ब्रेजा–४ स्टार
सब –४ मिटर सेगमेन्टमा ब्रेजा एसयुभीलाई ग्लोबल एनक्याप क्र्यास टेस्टमा ४ स्टार प्राप्त भएको छ । ब्रेजालाई सो रेटिङ एडल्ट अक्युपेन्सीमा प्राप्त भएको हो । चाइल्ड अक्युपेन्सीमा ब्रेजालाइ २ स्टार मिलेको थियो । ब्रेजालाई एडल्ट प्रोटेक्सनमा १७ मा १२.५१ अंक मिलेको छ भने चाल्इड प्रोटेक्सनमा ४९ मा १७.९३ अंकको साथमा २ स्टार मिलेको हो । यसमा रहेको आइसोफिक्स फिचर ग्लोबल एनक्याप स्ट्यान्डर्डको अनुसार रहेको छैन । ब्रेजामा ट्वीन एयरब्याग, एबीएस, ईबीडी, ड्राइभर सिट बेल्ट रिमाइन्डर र आइसोफिक्स चाइल्ड सिट माउन्ट्स जस्ता फिचर रहेको छ ।

महिन्द्रा मराजो – ४ स्टार
भारतीय बजारमा महिन्द्रा मोटर्सको मराजो यस्तो कार हो, जसलाई ग्लोबल एनक्यामप रेटिङमा ४÷५ स्टार मिलेको छ । मराजोमा स्ट्यान्डर्ड डबल एयरब्यागको साथमा सिट बेल्ट रिमाइन्डर, एबीएस, फ्रन्ट सिट बेल्ट प्रिटेन्शनर्स र रिअर सिट्समा आईसोफिक्स एन्कर्स मिलेको छ । मराजोलाई एडल्ट प्रोटेक्सनमा १७ मा १२.८५ अंक मिलेको छ भने चाइल्ड प्रोटेक्सनमा ४९ मा २२.२२ स्टारको साथमा २ स्टार मिलेको छ ।

टोयोटा इटियोस – ४ स्टार
टोयोटा इटियोसको लागि ४ स्टार मिलेको छ । कारको एडल्ट प्रोटेक्सन रेटिङमा १६ मा १३ स्कोर र चाइल्ड प्रोटेक्सनमा ४९ मा २०.०२ स्कोरको साथमा २ स्टार मिलेको छ । सो कारमा फ्रन्ट सिटबेल्ट प्रिटेन्शनर्स, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट प्यासेन्जर एयरब्याग जस्ता फिचर रहेको छ । सो कारको अपडेट भर्सनमा एबीएस, ईबीडी र आइसोफिक्स जस्ता फिचर पनि समावेश गरिएको छ ।

फक्सवागन पोलो – ४ स्टार
पहिलो परीक्षणमा सो कारको लागि जीरो स्टार मिलेको थियो । हाल कम्पनीले स्ट्यान्डर्ड डुअल ब्याग्सको साथमा पोलो भारतमा लन्च गरेको छ । हाल पोलो ग्लोबल एनक्याप क्र्यास टेस्टमा ४ स्टार मिलेको छ । एडल्ट क्र्यास टेस्टमा १७ मा १२.५४ अंक मिलेको छ । पोलोमा ट्वीन एयरब्याग, एबीएस जस्ता सेफ्टी फिचर समावेश रहेको छ ।

टाटा जेस्ट – ४ स्टार
टाटा जेस्टको लागि ग्लोबल एनक्याप क्र्यास टेस्टमा ४ स्टार मिलेको छ । सो कारको एडल्ट प्रोटेक्सनमा १७ मा ११.१५ अंक मिलेको छ भने चाइल्ड प्रोटेक्सनमा ४९ मा १५.५२ अंक मिलेको छ । जेस्टमा ट्वीन एयरब्यागको साथमा ड्राइभर सिट बेल्ट रिमाइन्डर जस्ता फिचर रहेको छ ।

मारुती सुजुकी इग्निस – ३ स्टार
मारुती सुजुकी इग्निसलाई ग्लोबल एनक्याप क्र्यास टेस्टमा ३ स्टार मिलेको छ । सो कारको एडल्ट प्रोटेक्सनमा १७.०० मा ९.९९ अंक मिलेको छ भने चाइल्ड प्रोटेक्सनमा ४९ मा ८ अंक मिलेको छ । इग्निसको ड्राइभर साइडको सिट बेल्ट रिमाइन्डर ग्लोबल एनक्यापको अनुसार रहेको छैन ।

हुन्डाई आई२० – ३ स्टार
हुन्डाईको प्रिमियम ह्याचब्याक आई२० लाई ग्लोबल एनक्यापले ३ स्टार दिएको छ । सो कारलाई एडल्ट प्रोटेक्सन र चाइल्ड प्रोटेक्सनमा २ स्टार मात्र मिलेको छ । कारमा डुअल फ्रन्ट एयरब्याग, एबीएसको साथमा ईबीडी, प्रिन्टेशनर्सको साथमा फ्रन्ट सिटबेल्ट र ड्राइभर सिट बेल्ट रिमाइन्डर जस्ता फिचर रहेको छ ।

मारुती सुजुकी अर्टिगा – ३ स्टार
मारुती सुजुकीको अर्टिगाको लागि ३ स्टार मिलेको छ । अर्टिगाको फ्रन्टमा दुई एयरब्यागको स्ट्यान्डर्ड फिचर रहेको छ । सो कार परीक्षणको समयमा स्ट्रक्चरमा केही कमजोरी देखा प¥यो । सो कार एडल्ट्सको टाउको र घाँटीको लागि सुरक्षित रहेको छ । १८ वर्ष भन्दा कम उमेरको बच्चाको डमीमा गरिएको परीक्षणमा परिणाम सन्तोषजनक थिएन ।

होन्डा अमेज – ४ स्टार
होन्डा अमेजको लागि ४ स्टार मिलेको छ । अमेजमा ड्राइभरको लागि सिट बेल्ट रिमाइन्डर स्ट्यान्डर्ड उपलब्ध रहेको छ । एडल्ट प्रोटेक्सनमा १७ मा १४.०८ अंक मिलेको छ भने चाइल्ड प्रोटेक्सनमा १ स्टार मिलेको छ ।

मारुती सुजुकी वागन आर – २ स्टार
मारुती सुजुकी वागन आरको लागि २ स्टार मिलेको छ । सो कारको टेस्ट भर्सनमा केबल एक एयरब्याग जडान गरिएको थियो । एडल्टको लागि सो कारमा टाउको र घाँटीको लागि सुरक्षा सन्तोषजनक मिलेको थियो । अगाडीको दुई यात्रीको लागि छातीको सुरक्षा कमजोर रहेको छ । १८ महिना भन्दा कम उमेरका बच्चाको लागि कार स्तरीय रहेको छैन ।

हुन्डाई स्यान्ट्रो – २ स्टार
क्र्यास परीक्षणमा सो कारको लागि २ स्टार मिलेको छ । सो कारको स्ट्रक्चर अनस्टेबल रहेको छ । जबकि फुटवेल एरिया पनि अस्थिर रहेको छ । एडल्टको लागि टाउको र घाँटीको लागि सुरक्षा पर्याप्त रहेको छैन । परीक्षणको समयमा ३ वर्षको बच्चाको डमीमा गरिएको परीक्षणमा टाउकोमा ठूलो दवाव परेको थियो ।

ड्याटसन रेडी गो – १ स्टार
कम्प्याक्ट ह्याचब्याक कार रेडी गोको एडल्ट प्रोटेक्सनमा वान स्टार रेटिङ प्राप्त भएको छ । बच्चाको सुरक्षाका लागि यसलाई २ स्टार रेटिङ मात्र दिइएको छ । रेडीगोको टेस्ट भर्सनमा केवल ड्राइभर साइड एयरब्याग मात्र दिइएको थियो । परीक्षणको समयमा यसको स्ट्रक्चर पनि अस्थिर पाइयो । ड्राइभर र यात्रीको हेड प्रोटेक्सन भने सन्तोषजनक पाइयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
आफ्नै पार्टीका सञ्चारमन्त्री माथि किन खनिए सांसद रामवीर मानन्धर ?
आफ्नै पार्टीका सञ्चारमन्त्री माथि किन खनिए सांसद रामवीर मानन्धर ?
भूकम्पः मृतक र घाइते परिवारको जीवनयापन कठिन
भूकम्पः मृतक र घाइते परिवारको जीवनयापन कठिन
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे
नुवाकोटको पछिल्लो अपडेट , नेपाली काङ्रेसका महत र के. सि को अवस्था !
नुवाकोटको पछिल्लो अपडेट , नेपाली काङ्रेसका महत र के. सि को अवस्था !
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
मतदानको दिन सवारी चलाउन पाउनुपर्ने माग गर्दै उन्नत लोकतन्त्र पार्टी अदालत जाने
बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज :  उपचार खर्च ६५ हजार
बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज : उपचार खर्च ६५ हजार
चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव
किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ
किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

तपाईंले छुटाउनुभयो कि?