सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सैफ अली खानले पूर्वपत्नीको खुलेर प्रशंशा गरे

सारांश

  • काठमाडौं।
  • सेफ अलि खानले एक अन्तरवार्तामा आफ्नो पहिलो श्रीमती अमृता सिंहको खुलेर प्रशंसा गरेका छन्।
  • उनले कामलाई गम्भीर रुपमा लिन अमृताले आफूलाई सिकाएको बताए।

काठमाडौं। सेफ अलि खानले एक अन्तरवार्तामा आफ्नो पहिलो श्रीमती अमृता सिंहको खुलेर प्रशंसा गरेका छन्। उनले कामलाई गम्भीर रुपमा लिन अमृताले आफूलाई सिकाएको बताए।उनले भने, ‘म २० वर्षको मात्र थिए जब मैले विवाह गरे। म अमृतालाई धन्यवाद दिन चाहन्छु, किनभने मलाई मेरो काम, शो र बिजनेशलाई गम्भीर तरिकाले लिन सिकाउने उनीमात्र एक थिइन्। उनले नै मलाई ‘यदी लक्ष्यलाई हाँसेर टार्नुहुन्छ भने तपाई कहिले पनि त्यसको नजिक पुग्नुहुन्न’, भनेकी थिइन् । त्यसको केही समयमा नै मलाई ‘परम्परा’ चलचित्रमा काम गर्ने अवसर मिल्यो । यो चलचित्र मेरो डेब्यू चलचित्र हो।

यश चोपडाले निर्देशन गरेको यो चलचित्र सन् १९९४ मा प्रर्दशनमा आएको थियो। यो चलचित्रमा सुनिल दत्त, बिनोद खन्ना, आमिर खान र रबिना टण्डनको मुख्य भूमिका थियो।’यस्तै शेफले ‘दिल चाहता हे’ मा काम गर्ने समयमा आफ्नो पात्रको बारेमा आफू असमझदार भएको बताए। उनलाई यो चलचित्रमा काम गर्दा आफूले आफैमा विश्वास राख्नु पर्ने कुरा बताएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?