सरकारी नंवर प्लेटकै बाइकमा लागुऔषध ल्याएपछि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सरकारी नंवर प्लेटकै बाइकमा लागुऔषध ल्याएपछि

सारांश

  • सरकारी मोटरसाइकलमा भारतबाट लागुऔषध ओसार पसार गरेको आरोपमा वन अधिकृतका छोरा पक्राउ परेका छन् ।
  • भारतको जोगबनीदेखि लागुऔषध लिएर आउँदै गर्दा विराटनगर(१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाट नजिकैबाट सप्तरी राजविराज नगरपालिका(२ राजदेव टोलका २६ वर्षीय कपिल यादव पक्राउ परेका हुन ।
  • उनका बुवा सत्यनारायण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् ।

सरकारी मोटरसाइकलमा भारतबाट लागुऔषध ओसार पसार गरेको आरोपमा वन अधिकृतका छोरा पक्राउ परेका छन् । भारतको जोगबनीदेखि लागुऔषध लिएर आउँदै गर्दा विराटनगर(१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाट नजिकैबाट सप्तरी राजविराज नगरपालिका(२ राजदेव टोलका २६ वर्षीय कपिल यादव पक्राउ परेका हुन ।

उनका बुवा सत्यनारायण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् । गत आइतबार नै यादव पक्राउ परेका भए पनि प्रहरीले घटना गोप्य राखेको थियो । उनले वन अधिकृत बुवा सत्यनारायणको सरकारी नम्बर प्लेटको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध ओर्सान प्रयोग गरेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले सरकारी मोटरसाइकलमा लागुऔषध तस्करी हुने गरेको सूचनाको आधारमा विशेष सतर्कता अपनाएर यादवलाई पक्राउ गरिएको बताए । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले कपिललाई पक्राउ गरेको हो । उनले कम्मरमा बाँधेर डाइजेल्याब ८, एभिल ८ र लुपिजेसिक ८ गरेर २४ एम्पुल लागुऔषध ल्याउँदै थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
रविना टण्डनकी छोरी अजय देवगनसँग डेब्यु गर्दै
रविना टण्डनकी छोरी अजय देवगनसँग डेब्यु गर्दै
‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास
‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
काभ्रेमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय
काभ्रेमा दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय
उपत्यकामा नौ जना संक्रमित थपिए, एक हजार ७०५ जना डिस्चार्ज
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
अपाङ्गता भएको बच्चा नजन्माउन गर्भवस्थामा ध्यान दिनुपर्ने कुराहरु
फेरि थपिए ९ जना कोरोना संक्रमित, कहाँ कहाँबाट थपिए ?
फेरि थपिए ९ जना कोरोना संक्रमित, कहाँ कहाँबाट थपिए ?
चीन जाने गैंडाको नामाकरण भयाे  – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’
चीन जाने गैंडाको नामाकरण भयाे – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

तपाईंले छुटाउनुभयो कि?