पब्जीमा प्रतिबन्ध, यस्तो छ कारण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
पब्जीमा प्रतिबन्ध, यस्तो छ कारण

सारांश

  • चैत २८, काठमाण्डौ ।
  • पब्जीअर्थात ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड’ ।
  • आजभोलीविश्व भरिनै अनलाइन गेम ‘पब्जी’निकै चर्चित छ ।

चैत २८, काठमाण्डौ । पब्जीअर्थात ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड’ । आजभोलीविश्व भरिनै अनलाइन गेम ‘पब्जी’निकै चर्चित छ । नेपालमा पनि यो गेम खेल्नेहरुको संख्या ठूलै छ । खेल्ने नाममा विकृति र नाशा बढ्दै गएपछि सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

पब्जी गेम खेल्नेमा बच्चा देखि वयस्क सम्म पाइन्छ । ‘पबजी’ को लोकप्रियतासँगै यो गेमको लतलागेर कतिपय बिरामी समेत भएका छन भने मृत्युसमेत भएका घटना सार्वजनिक भएको छ । पछिल्लो समयपब्जीको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । अरु गेमहरु भन्दाअली धेरै समय लाग्ने र एकपटक गेम सुरु गरेपछी छोड्न मन नलाग्ने कारणले गर्दा यो गेम नशाको रुपमा परीणत भएको छ । यही पब्जी गेम खेल्दा अत्यन्तै अकल्पनिय र अस्वाभाबिक घटनाहरु घटिरहेका छन ।

खेल्ने नाममा विकृति र नाशा बढ्दै गएपछि सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । यो गेमको लत लागेकाहरुलाई धेरै जसो मानसिक समस्या देखापर्ने गरेको मनो चिकित्सकले बताउने गरेका छन् । गेम खेल्न थालेपछी केटाकेटीहरु आफ्ना अभिभावकसँग रिसाउने, भनेको नमान्ने, अल्छि हुने जस्ता समस्या देखिने मनोचिकित्सकहरु बताउछन ।

बिकृतिको रुपमा फैलिरहेको यो गेमले पार्ने असरबारे समयमै सचेत भएर सरकारले प्रतिबन्ध लगाउनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । सरकारको यो कदमले पब्जी खेलेर दिक्क बनाएका बालबालिकाका अभिभावकलाई ठूलै राहत दिएको छ ।

यो गेम खेल्न सुरु गरेपछी आफ्नो काम बिर्सने, गेमतिरै ध्यानहुनाले अरुले बोलाएको नसुन्ने लगायत समस्याहुने पब्जी खेल्नेले नै बताउने गरेका छन् । पब्जी खेल विश्वभर अत्याधिक लोकप्रिय हुँदा अहिले सम्म १०० मिलियनभन्दा धेरै पटक डाउनलोड भैसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
आज सुन तोलाको साढे ९१ हजार
आज सुन तोलाको साढे ९१ हजार
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु
पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु
सांगीतिक क्षेत्रमा संघर्ष गर्दै गायिका:गौतम  प्रकाश योगी
सांगीतिक क्षेत्रमा संघर्ष गर्दै गायिका:गौतम प्रकाश योगी
द्वन्द्वपीडितलाई रु साढे चार करोड राहत वितरण
द्वन्द्वपीडितलाई रु साढे चार करोड राहत वितरण
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
क्यालिफोर्निया डढेलो फैलिनुमा ‘गलत वातावरणीय कानून’ दोषी ः ट्रम्प
सार्वजनिक भयो आङ गेलुको ‘गोधुली साँझ’
सार्वजनिक भयो आङ गेलुको ‘गोधुली साँझ’

तपाईंले छुटाउनुभयो कि?