हेटौडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउन माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
हेटौडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउन माग

सारांश

  • हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ ।
  • मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिनुभयो ।
  • हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको र सबै जिल्लाबाट नजिक भएकाले राजधानी अन्यत्र सार्नुभन्दा ९० प्रतिशत यहाँको वातावरण सहज भएकैले हेटौँडालाई नै राजधानी स्वीकार गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।

हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ ।मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिनुभयो ।

हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको र सबै जिल्लाबाट नजिक भएकाले राजधानी अन्यत्र सार्नुभन्दा ९० प्रतिशत यहाँको वातावरण सहज भएकैले हेटौँडालाई नै राजधानी स्वीकार गर्नु उपयुक्त हुने उहाँले बताउनुभयो ।
देशको केन्द्रीय राजधानी काठमाडौँलाई नै असर पर्ने गरी उपत्यका वा त्यस वरपर प्रदेश राजधानी सार्ने हो भने सङ्घीयताका दृष्टिकोणले अनुपयुक्त हुनेमा जोड दिँदै संयोजक चौलागाईंले भन्नुभयो, “सवारी साधन जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु भइरहेको देशको राजधानी काठमाडौँलाई थोरै भए पनि राहत दिन, उपत्यकाको धुलो धुवाँ र प्रदूषण थप बड्न नदिनका लागि हेटौँडालाई काठमाडौँको वैकल्पिक शहरका रुपमा विकास गर्न, केन्द्रीकृत अधिकार विकेन्द्रीकृत भयो भनेर प्रमाणित गर्न, अर्बौं लगानी गरेर तयार भएका यहाँको भौतिक संरचनालाई उपयोगविहीन बनाएर अन्त फेरि अर्बौं लगानी गर्नबाट रोक्न हेटौँडालाई नै स्थायी राजधानी कायम गर्नुपर्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी अभिनेत्री बनेपछि करिश्माको घरमा घरझगडा !
छोरी अभिनेत्री बनेपछि करिश्माको घरमा घरझगडा !
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित
एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित
कैलाली ४ को मतगणना रोकियो
कैलाली ४ को मतगणना रोकियो
देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित
देउवा सरकारले फेरि सहिद थप्यो- ‘वास्तविक सहिदको अपमान भयो’-प्रश्रित
गाडी पल्टिँदा एकको मृत्यु
गाडी पल्टिँदा एकको मृत्यु
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प,  १४ लाख कार्ड थाप्न बाँकी
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा फेला
टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु
टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह
नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह