प्रधानमन्त्रीओलीको राष्ट्रवादप्रति देउवालाई शंका !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीओलीको राष्ट्रवादप्रति देउवालाई शंका !

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाली भूमि मिचेर आफ्नो नयाँ नक्सामा समावेश गर्दा पनि चुप लागेर बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्।
  • पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबार मकवानपुरको हेटौँडामा महाधिवेशन प्रतिनिधिहरूका आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै देउवाले नेपाली भूमि मिचिँदा पनि केही नबोलेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे।

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपाली भूमि मिचेर आफ्नो नयाँ नक्सामा समावेश गर्दा पनि चुप लागेर बसेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्।पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबार मकवानपुरको हेटौँडामा महाधिवेशन प्रतिनिधिहरूका आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै देउवाले नेपाली भूमि मिचिँदा पनि केही नबोलेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे।

उनले कालापानी, लिपुलेक नेपालककै हो भन्दै आफूले प्रधानमन्त्रीको हैसियतमा गरेको भारत भ्रमणमा भारतीय समकक्षीसँग कालापानी नेपाली भूमि भएको अडान राखेको स्मरण गराए । ‘कालापानी हाम्रो हो नि । कालापानी, लिपुलेक नेपालको हो । मैले इण्डियामा गएर पनि भनेको छु, कालापानी हाम्रो हो,’ सभापति देउवाले भने, ‘सरकार किन बोलिराखेको छैन रु राष्ट्रवादी ओली किन बोल्दैनन् रु’ धर्ना जुलसबाट नभई भारत सरकारसँग वार्तामार्फत सीमा विवादको समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले ओली नेतृत्वको सरकारलाई ‘लम्पसारवादी’ को उपमा दिए ।

देउवाले नेपालका गाउँमा सडकसमेत नपुगेको अवस्था रहेको भन्दै रेल ल्याउने कुरा गर्दै हिँडेकोमा प्रधानमन्त्री ओलीको आलोचना गरे । उनले ऋण लिएर नेपालमा रेल ल्याउनु मूर्खता भएको पनि बताए । ऋण लिएपछि ब्याजका कुरा आउने र आर्थिक भार बढ्दै जाने भएकाले रेलको कुरा राम्रो नभएको देउवाको भनाइ थियो ।‘नेपालीले तिर्न नसक्ने ऋण लिएर रेल चढ्ने रु,’ उनले भने, ‘हाम्रो घर पहाडमा हो, बाटो पुगेको छैन ।’ दुईतिहाइको दम्भ बोकेको सरकारले गाउँघरमा बाटो पु¥याउन नसकेको भन्दै देउवाले रेलको कुरा गरेर जनतालाई नझुक्याउन सुझाव दिए ।

कांग्रेस एक ढिक्का भएर जानुपर्ने र एकता गरी अघि बढ्नुपर्नेमा जोड दिँदै देउवाले भने, ‘नेपाल धेरै अप्ठ्यारोमा छ । सीमाना होस् या राजनीति, अब सबै मिलेर देश बचाउनतर्फ लाग्नुपर्छ ।’ उनले एक भएर उपनिर्वाचनमा होमिन पार्टीका नेता–कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘चुनाव जसरी पनि जित्नुपर्छ,’ उनले भने ।प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउनका लागि प्रधानमन्त्रीले गर्ने पहल व्यवहारमा हेर्न चाहेको बताए । नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको उनको भनाइ थियो ।

‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ,’ पौडेलले भने । सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उनले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्नेमा जोड दिए । ‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने रु,’ उनले प्रश्न गरे ।पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ÷छैन भन्ने बारेमा पनि हेर्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्री केपी शर्मा ओली र अन्य कम्युनिष्ट नेताहरूले विपक्षमा रहँदा चर्का कुरा गर्ने गरेको स्मरण गर्दै अहिले सरकारमा हुँदा के गर्छन् भन्ने बारेमा हेर्ने बेला आएको बताए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्य डा। रामशरण महत, महालक्ष्मी उपाध्याय डिना, प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीलगायतले सरकारको कार्यशैलीले जनतामा निराशा छाएको बताए । कांग्रेसले जनताको हितमा काम गर्नुपर्नेमा उनीहरूले जोड दिए । बुधबारसम्म चल्ने प्रशिक्षणमा प्रदेश ३ का विभिन्न ६ जिल्लाका २९० जना महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?