वैशाख १८ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस्

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
  • मनमा दुविधा उत्पन्न हुनेछ ।
  • आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्ला । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ ।

सिंह
सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

तुला
तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

धनु
नु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कुम्भ
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ ।

बृष
वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

कर्कट
कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ ।

कन्या
कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

बृश्चिक
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

मकर
मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

मीन
मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला । – ज्यो।प। नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?