कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ७, २०७७
|
|
३० पटक हेरिएको
Shares
कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक

सारांश

  • कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ ।
  • कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो ।
  • बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दशैँको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको हो । बाहिरबाट अन्य मानिस जाँदा जोखिम हुने भएकाले यस वर्षको दशैँमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक लगाइएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । कारागारका कैदीबन्दीले आ–आफँै टीका लगाएर दशैँ मनाउने तयारी गरेका छन् । “कोरोनाका कारण यस वर्ष आफन्तलाई पनि कारागारभित्र प्रवेश दिन सक्ने अवस्था रहेन, कैदीबन्दीले आ–आफँै टीका लगाई, शुभकामना आदानप्रदान गरी दशैँ मनाउने तयारी गरेका छन्”, उहाँले भन्नुभयो ।

कैदीबन्दीले दशैँ मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गर्ने तयारी छ । “सरकारले दशैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्”, प्रमुख अधिकारीले भन्नुभयो ।

केही कैदीबन्दीले दशैँको पूर्वसन्ध्यामा मुढा बिक्री भएको रकम परिवारलाई पठाएका छन् । “मुढा बिक्री गरेर प्रत्येक वर्ष कैदीबन्दीले दशैँको बेला परिवारमा पठाउने गर्छन्, अहिले पनि केहीले रकम पठाएका छन्”, उहाँले भन्नुभयो ।

बिहीबारसम्म कारागारमा १५२ कैदीबन्दी र ६४ थुनुवा छन् । कोरोनाको जोखिम बढेदेखि नै कारागारमा उच्च सतर्कता अपनाइएको छ । गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्ण रुपमा बन्द छ । जिल्ला कारागारमा हालै मात्र नयाँ भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवनको क्षमता ८० जनाको हो । तर उक्त भवनमा पनि क्षमताभन्दा बढी कैदी राखेर बाँकी कैदीबन्दीलाई पुरानो भवनमा व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?