हाम्रो भूमि फिर्ता ल्याउँछौं, छिमेकीले सेना फिर्ता लैजाउन : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १, २०७६
|
|
२४ पटक हेरिएको
Shares
हाम्रो भूमि फिर्ता ल्याउँछौं, छिमेकीले सेना फिर्ता लैजाउन : प्रधानमन्त्री

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले कालापानीबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्।
  • प्रधानमन्त्री ओलीले आफ्नो एक इन्च भूमि कसैलाई पनि मिच्न नदिने भन्दै भारतलाई कालापानीबाट आफ्ना सेना फिर्ता गर्न चेतावनी दिएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले कालापानीबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो एक इन्च भूमि कसैलाई पनि मिच्न नदिने भन्दै भारतलाई कालापानीबाट आफ्ना सेना फिर्ता गर्न चेतावनी दिएका हुन्।

आइतबार नेकपाको भातृ संगठन युवा संघ नेपालको बैठकलाई सम्वोध गर्दै प्रधानमन्त्री ओलीले अतिक्रमित भएका नेपाली भूमि फिर्ता लिने बताएका हुन्। ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं, हाम्रो भूमिबाट छिमेकीले सेना फिर्ता लैजाउन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि एक इन्च पनि मिच्न दिँदैनौं। अरुको जमिन चाहिँदैन। सीमा अहिले मिचिएको होइन। तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं।’

प्रधानमन्त्री ओलीले भारतसँग तनाव गर्ने पक्षमा सरकार नरहेको उल्लेख गर्दै संवादबाटै सीमा विवाद समाधान गरिने बताए। ‘छिमेकीसँग तनाव नहोस भन्ने हामी चाहन्छौं, अहिलेको सरकार संवाद गर्न नसक्ने छैन। राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?