रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु

सारांश

  • त्रिभूवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन शुरु भएको छ ।
  • पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ शुरु भएको हो ।
  • क्याम्पस प्रमुख सुदीप शर्मा पौडेलका अनुसार २४ विद्यार्थीलाई आइतबारबाट पठनपाठन शुरुआत गरिएको हो ।

त्रिभूवन विश्वविद्यालयअन्तर्गत चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरमा पठनपाठन शुरु भएको छ । पहिलो वर्ष स्नातक तहमा आर्किटेक्चर कार्यक्रमको पढाइ शुरु भएको हो ।

क्याम्पस प्रमुख सुदीप शर्मा पौडेलका अनुसार २४ विद्यार्थीलाई आइतबारबाट पठनपाठन शुरुआत गरिएको हो । तीमध्ये छ जना नियमित र १८ जना पूर्ण शुल्कीय हुन् । नियमितले पाँच वर्षमा रु ५० हजार र पूर्ण शुल्कीयले रु चार लाख हाराहारी तिर्नुपर्ने हुन्छ । यो त्रिविको इञ्जिनीयरिङ अध्ययन संस्थानको पाँचौँ क्याम्पस हो ।

यसअघि यस संस्थानअन्तर्गत ललितपुरको पुलचोक, काठमाडौँको थापाथली, पूर्वाञ्चलको धरान र पश्चिमाञ्चलको पोखरामा इञ्जिनीयरिङको पढाइ हुँदै आएको छ । रामपुरमा सात वटा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । पौडेलका अनुसार सिभिल, कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, एप्लाइड साइन्स र इलेक्ट्रिकल इञ्जिनीयरिङ प्रस्तावित थप कार्यक्रम रहेका छन् । पौडेलले सरकारले बजेट र शिक्षक कर्मचारी दरबन्दी उपलब्ध गराएमा आउँदो शैक्षिक सत्रबाट थप कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो ।

भरतपुर महानगरपालिका र निवर्तमान उपकुलपति तीर्थ खनियाँको पहलमा यसै शैक्षिक सत्रबाट पढाइ शुरु गरिएको हो । रामपुरमा त्रिविले खेलकूदका लागि बनाएको पुरानो भवनमा क्याम्पस शुरु गरिएको हो । रामपुरबाट कृषि विषय हटेपछि त्रिविले त्यहाँ इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्न गृहकार्य गरिरहेको थियो ।

खैरहनीमा स्वयंसेवक शिक्षक नियुक्त

पूर्वी चितवनको खैरहनी नगरपालिकाले स्वयंम सेवक शिक्षक नियुक्त गर्न शुरु गरेको छ । कुनै पनि शिक्षक बिरामी हुँदा, सुत्केरी बिदामा बस्दा विद्यालयको पठनपाठन प्रभावित नहोस् भनेर उनीहरु ९बिरामी परेका, सुत्केरी बिदा बसेका शिक्षक० नआउँदासम्म नगरपालिकाले स्वयं सेवक शिक्षक राख्ने व्यवस्था शुरु गरेको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले बताउनुभयो ।

स्वयम सेवक शिक्षक नियुक्त गर्ने खैरहनी नगरपालिका सम्भवत पहिलो स्थानीय सरकार हो । कुनै पनि विद्यालयमा शिक्षक नभएकै कारण पठनपाठन प्रभावित हुने अवस्था थियो स्थानीय शिक्षा अधिकारी पौड्यालले भन्नुभयो, “स्वयं सेवक शिक्षकले त्यस्तो अभाव पूर्ति गरी नियमित पठपाठन हुनेछ ।”

शिक्षक बिरामी बिदा र सुत्केरी बिदा बस्दा पठनपाठनमा समस्या हँुदै आएको थियो । स्वयम सेवक शिक्षक नियुक्त गर्न कार्यविधि बनाएरै यस्तो निर्णय लागू भएको हो । स्वयंसेवक शिक्षकका लागि नगरपालिकाले आधारभूत तह दश हजार र माध्यमिक तह भएमा मासिक रु १५ हजार यातायात खर्चका रूपमा भुक्तानी गर्ने खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताउनुभयो ।

स्वयंसेवक शिक्षकले एकदेखि तीन महिनासम्म पढाउन पाउने भए पनि आवश्यकताअनुसार करार सम्झौताको नवीकरण पनि हुनसक्ने प्रमुख चौधरीको भनाइ छ । नगरपालिकाले चालू आवमा स्वयंसेवक शिक्षक कार्यक्रमका लागि रु पाँच लाख विनियोजन गरेको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबको २० दिनभित्र नयाँ सरकार बन्ने ओलीको घोषणा, कांग्रेसले २५ सिट नकटाउने दाबी (भिडियोसहित)
अन्तत : प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद
अन्तत : प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।
पुष्पा भुषालको प्रश्न ; नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?
पुष्पा भुषालको प्रश्न ; नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित
खोलाले बगाउँदा एकको मृत्यु
खोलाले बगाउँदा एकको मृत्यु
बन्दबाट नौ जिल्ला प्रभावित
बन्दबाट नौ जिल्ला प्रभावित
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव गौतम पराजय हुनुको कारण खोज्दै एमाले,अन्तर्घात गर्नेलाई कारबाहीको तयारी

तपाईंले छुटाउनुभयो कि?