बन्दबाट नौ जिल्ला प्रभावित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
४१ पटक हेरिएको
Shares
बन्दबाट नौ जिल्ला प्रभावित

सारांश

  • तेह्रथुम, २२ साउन ।
  • अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।
  • बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङका यातायात र बजार पसल ठप्प छन् ।

तेह्रथुम, २२ साउन । अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङका यातायात र बजार पसल ठप्प छन् । प्रेस र कूटनीतिक नियोगका गाडी, दमकल र एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् । विसं १८३१ आजकै दिन लिम्बूवानको तत्कालीन गोर्खासँग भएको नूनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको परिषद्ले जनाएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?