निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
५७ पटक हेरिएको
Shares
निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना

सारांश

  • म्याद थप, बैङ्क क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ ।
  • बिहान ९ः३० बजेदेखि एक घण्टा चलेको धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौँ, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
  • माग सम्बोधनका लागि सरोकार भएका निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनुपरेको महासङ्घले जनाएको छ ।

म्याद थप, बैङ्क क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ ।

बिहान ९ः३० बजेदेखि एक घण्टा चलेको धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौँ, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

माग सम्बोधनका लागि सरोकार भएका निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनुपरेको महासङ्घले जनाएको छ । महासङ्घले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सार्वजनिक खरीद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।

“अब निरन्तर एक हप्ता यसरी नै प्रधानमन्त्री निवास अगाडि धर्ना दिइन्छ, निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आन्दोलनको विकल्प रहेन”, उहाँले भन्नुभयो ।

आन्दोलनअन्तर्गत महासङ्घले माइतीघर मण्डलालगायत सडकमा कालो झण्डासहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्गअनुसार चरणबद्ध रूपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युपमेन्टसहित सडकमा प्रदर्शन गर्ने, बोलपत्र पूर्णरूपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने घोषणा गरेको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
गण्डकी प्रदेशका ११ हजारभन्दा बढी किसानलाई ५ करोड ५८ लाख दूध अनुदान, प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन
तनहुँ-१ : उम्मेदवारले चुनावी अभियान थाले
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै
नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी
नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !
नेपालमा मानव बेचबिखनका घटना बढ्दाे, यस्ताे छ कारण !