केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
५० पटक हेरिएको
Shares
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी

सारांश

  • काठमाडौ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी गरेका छन् ।
  • आफनै निवास बालकोटमा आइतवार बसेको एमाले स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले चीनको तिब्बत र मानसरोवर भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टी र चीन सरकारका प्रतिनिधिहरुसँग भेटघाटका क्रममा भएका बिषयवस्तुहरुको बारेमा बैठकलाई जानकारी गराएको सचिव योगेश भट्टराई बताए ।
  • भेटका क्रममा अध्यक्ष ओलीले भुकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुन सञ्चालनमा ल्याउन चिनिया सरकारको ध्यानाकर्षण गराएको भट्टराईले जानकराी दिए ।

काठमाडौ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी गरेका छन् । आफनै निवास बालकोटमा आइतवार बसेको एमाले स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले चीनको तिब्बत र मानसरोवर भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टी र चीन सरकारका प्रतिनिधिहरुसँग भेटघाटका क्रममा भएका बिषयवस्तुहरुको बारेमा बैठकलाई जानकारी गराएको सचिव योगेश भट्टराई बताए ।

भेटका क्रममा अध्यक्ष ओलीले भुकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुन सञ्चालनमा ल्याउन चिनिया सरकारको ध्यानाकर्षण गराएको भट्टराईले जानकराी दिए । ‘त्यस सन्दर्भमा चीन सरकारको सकारात्मक सोंच रहेको कुरा अध्यक्षलाई जानकारी गराउनुभएको थियो’ चीन सरकारका प्रतिनिधिसँगको प्रतिक्रिया उघृत गर्दै भट्टराईले भने ।

नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरु खुला गर्न अध्यक्ष ओलीले चीन सरकारका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । ‘नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत अध्यक्ष कमरेडले चिनिया“ प्रतिनिधिहरूको ध्यानाकर्षण गर्नुभयो’ बैठककपछि भट्टराईले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?