कूटनीतिक उपस्थितिमा अमेरिकालाई उछिन्दै चीन पहिलो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
३३ पटक हेरिएको
Shares
कूटनीतिक उपस्थितिमा अमेरिकालाई उछिन्दै चीन पहिलो

सारांश

  • बीबीसी।
  • पहिलो पटक चीनको संसारमा सबैभन्दा धेरै कूटनीतिक उपस्थिति भएको एक अस्ट्रेलियाली संस्थाले जनाएको छ।
  • लोयी इन्स्टिट्युटका अनुसार सन् २०१९ मा संसारभर चीनको राजदूतावास र अन्य कूटनीतिक कार्यालयहरूको सङ्ख्या २७६ पुगेको छ, जुन अमेरिकाको भन्दा धैरै हो।

बीबीसी। पहिलो पटक चीनको संसारमा सबैभन्दा धेरै कूटनीतिक उपस्थिति भएको एक अस्ट्रेलियाली संस्थाले जनाएको छ।

लोयी इन्स्टिट्युटका अनुसार सन् २०१९ मा संसारभर चीनको राजदूतावास र अन्य कूटनीतिक कार्यालयहरूको सङ्ख्या २७६ पुगेको छ, जुन अमेरिकाको भन्दा धैरै हो।

अमेरिकाको संसारभर २७३ त्यस्ता कार्यालय छन् भने त्यसपछि क्रमशस् फ्रान्स, जापान र रुस छन्। यूके एघारौँ स्थानमा छ।

सो प्रतिवेदनमा राजदूतावास, उच्च आयोग र वाणिज्य दूतावासहरू गणना गरिएका छन् र यसका अध्ययनकर्ताहरूले यो अङ्कले भूराजनीतिक पहुँचको शक्ति र कमजोरी देखाउने बताएका छन्।

चीनको कूटनीतिक उपस्थिति हालैका वर्षहरूमा तीव्र गतिमा बढेको हो। सन् २०१६ मा अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको चीन सन् २०१७ मा दोस्रो स्थानमा पुगेको थियो।

अमेरिकाको पनि सन् २०१६ यता दुई स्थानमा कूटनीतिक उपस्थिति थपिएको छ।

यूकेको भने यो अवधिमा कूटनीतिक उपस्थिति कम भएको छ। सन् २०१६ मा २१६ स्थानमा रहेको यूकेको उपस्थिति अहिले २०५ स्थानमा मात्रै छ।

दक्षिण एशियाली मुलुकहरूमा भने सबैभन्दा बढी कूटनीतिक उपस्थिति भारतको छ, जसको विश्वमा १८६ स्थानमा कुटनीति कार्यालय छन्।

पाकिस्तानको ११७ स्थानमा, बाङ्ग्लादेशको ७५ र श्रीलङ्काको ६७ स्थानमा कूटनीतिक उपस्थिति छ।

प्रतिवेदनका अनुसार नेपालको ३९ स्थानमा कूटनीतिक उपस्थिति छ जुन सन् २०१६ भन्दा तीनवटा बढी हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?