नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
२७ पटक हेरिएको
Shares
नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा

सारांश

  • नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ ।
  • नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसङ्घ र अनेरास्ववियुको बीच छलफल सकेर बाहिर निस्कने क्रममा सो घटना भएको थियो ।
  • सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दीपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावललगायतका समूहले नेविसङ्घ इकाइ सभापति सरोज तिमिल्सिना, निरज शाहलगायत १० जना विद्यार्थीलाई खुकुरी प्रहार गरी घाइते बनाएको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ ।

नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसङ्घ र अनेरास्ववियुको बीच छलफल सकेर बाहिर निस्कने क्रममा सो घटना भएको थियो । सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दीपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावललगायतका समूहले नेविसङ्घ इकाइ सभापति सरोज तिमिल्सिना, निरज शाहलगायत १० जना विद्यार्थीलाई खुकुरी प्रहार गरी घाइते बनाएको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विद्यार्थी नेता सरोज तिमिल्सिना र निरज शाह गम्भीर घाइते भई ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

घटना भएको एक घण्टापछि त्यहाँ खटिएको प्रहरी टोलीले अनेरास्ववियुका विद्यार्थीलाई नै संरक्षण दिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काँग्रेसले आक्रमणकारीलाई कारवाही गर्न माग गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
गुपचुप मिलाएको केसमा दरबारमार्गका डिएसपी पनि तानिए
१० हजार मत गन्दा आधा मत पूर्व गृहमन्त्री बस्नेतलाई
१० हजार मत गन्दा आधा मत पूर्व गृहमन्त्री बस्नेतलाई
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश
६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
पार्टी स्थापना दिवसमा भोलि बैशाख ९ मा के भन्लान् ओली र प्रचण्डले ?
पार्टी स्थापना दिवसमा भोलि बैशाख ९ मा के भन्लान् ओली र प्रचण्डले ?
कात्तिक २ गते आइतवारको राशिफल यस्तो छ
कात्तिक २ गते आइतवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?