मण्डेकाजीले जिते कराँतेमा स्वर्ण
सारांश
- १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।
- उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् ।
- मण्डेकाजीले २६.
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् ।
मण्डेकाजीले २६.७२ अंक प्राप्त गरेका छन् भने पाकिस्तानी खेलाडीले २४.९२ अंक प्राप्त गरेका छन्। बंगलादेशी खेलाडी मोहम्मद हसन खानलाई पराजित गर्दै उनी फाइनलमा पुगेका थिए।
मण्डेकाजीले फाइनलमा पुग्नका लागि २४.०८ अंक प्राप्त गरेका थिए भने बंगलादेशी खेलाडीले २२.०८ अंक प्राप्त गरेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया