प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २१, २०७६
|
|
२१ पटक हेरिएको
Shares
प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा

सारांश

  • सर्वसाधारणको सुरक्षा गर्ने र उनीहरुले नियम पालन नगरे कारवाही गर्ने अधिकार रहेको प्रहरीले नै कानूनको पालन नगर्दा बेलाबेलामा समस्या पर्ने गरेको छ ।
  • शनिवार ताप्लेजुङको कोप्छेमा यस्तै घटना घटेको छ ।
  • जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २३३५ नम्बरको भ्यानका चालक प्रहरीले मादक पदार्थ सेवन गरी भ्यान चलाएपछि दुर्घटनामा परेको हो ।

सर्वसाधारणको सुरक्षा गर्ने र उनीहरुले नियम पालन नगरे कारवाही गर्ने अधिकार रहेको प्रहरीले नै कानूनको पालन नगर्दा बेलाबेलामा समस्या पर्ने गरेको छ ।

शनिवार ताप्लेजुङको कोप्छेमा यस्तै घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको २३३५ नम्बरको भ्यानका चालक प्रहरीले मादक पदार्थ सेवन गरी भ्यान चलाएपछि दुर्घटनामा परेको हो ।

प्रहरीको भ्यान एउटा घरको कम्पाउण्डमा ठोक्किएपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको भ्यानका चालकले रक्सी पिएको थाहा पाएपछि सर्वसाधारणले भ्यानलाई घेरा हालेका थिए ।

त्यसक्रममा भ्यानका चालकले गियरसँगै रक्सी राखेको समेत फेला परेपछि चालक र प्रहरी विरुद्ध सर्वसाधारणले आक्रोश पोखेका थिए ।

उनीहरुले गाडी र मापसे गरी सवारीचलाउने चालकलाई नियन्त्रणमा लिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?