कोहलपुर तनावग्रस्त, कफ्र्यू लगाउने तयारी
सारांश
- काठमाडौं।
- स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा कफ्र्यू लगाउने तयारी गरिएको छ।
- आइतबार विहान बाँकेको कोहलपुर–नेपालगञ्ज खडकखण्ड अन्तर्गत हाइस्कुल चोकमका ट्रकको ठक्करबाट एक जना स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावब्रस्त भएको हो।
काठमाडौं। स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा कफ्र्यू लगाउने तयारी गरिएको छ।
आइतबार विहान बाँकेको कोहलपुर–नेपालगञ्ज खडकखण्ड अन्तर्गत हाइस्कुल चोकमका ट्रकको ठक्करबाट एक जना स्कुले बालिकाको मृत्यु भएपछि कोहलपुर तनावब्रस्त भएको हो।
स्थानीय र विद्यार्थीले बालिकालाई ठक्कर दिने ट्रकमाथि आजगनी गरेर सडक अवरुद्ध पारेका छन्।
प्रदर्शनले उग्र रुप लिएपछि प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यू लागउने तयारी गरेको हो।
स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्।
प्रदर्शनकारीसँगको झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन्।
घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा १५ जना घाइते आएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया