उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २०, २०८०
|
|
५४ पटक हेरिएको
Shares
उत्तराखण्ड पहिरो अपडेट : तीन नेपालीको पहिचान खुल्यो

सारांश

  • महेन्द्रनगर ।
  • गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ ।
  • कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।

महेन्द्रनगर । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।

भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो । “घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो”,उनले भने ।

घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले भने । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ ।

उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाँजा खान नपाएपछि साथीको हत्या
गाँजा खान नपाएपछि साथीको हत्या
विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्ने तयारीमा अमेरिका
विपन्न आप्रवासीलाई भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्ने तयारीमा अमेरिका
दोलखामा प्रारम्भमै एमालेको ५ सयको अग्रता
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे
भाग्यपरिक्षणमा एमालेले मार्यो बाजि ,चिठ्ठाबाट वडा अध्यक्षको मत फैसला
भाग्यपरिक्षणमा एमालेले मार्यो बाजि ,चिठ्ठाबाट वडा अध्यक्षको मत फैसला
एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस
एसइइ पास भएपछि सांसद शान्ता चौधरीको यस्तो भावुक फेसबुक स्टाटस
Online Slots Online Spielautomaten 1500 Bonu
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
हेर्नुहोस को को  टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
हेर्नुहोस को को टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !