नेपाल साहित्य महोत्सव शुक्रबारदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
नेपाल साहित्य महोत्सव शुक्रबारदेखि

सारांश

  • आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ ।
  • महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउण्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिनुभयो ।
  • यसअघिका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आएका बताउँदै उहाँले यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई महोत्सवमा ल्याउन लागिएको जानकारी दिनुभयो ।

आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ । महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बुकवर्म फाउण्डेसनका निर्देशक अजीत बरालले महोत्सवका अघिल्ला संस्करणभन्दा यसपटक नयाँ वक्तालाई उभ्याइने जानकारी दिनुभयो ।

यसअघिका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आएका बताउँदै उहाँले यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई महोत्सवमा ल्याउन लागिएको जानकारी दिनुभयो । महोत्सवमा ११० भन्दा बढी वक्ता सहभागी हुनेछन् । त्यसमध्ये एक दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिनुभयो ।

महोत्सवमा अन्तरराष्ट्रिय लेखकलाई पनि ल्याउन लागिएको र त्यसले यहाँको साहित्यलाई अन्तरराष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा ४० भन्दा बढी सत्र समावेश गरिएका छन् । महोत्सवको पहिलोदेखि चौथो संस्करण काठमाडौँमै गरिएको थियो भने पाँचौँ संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको छ ।

निर्देशक बरालले तत्कालीन समयमा काठमाडौँमा भूकम्प गएर पोखरामा आयोजना गर्नु परे पनि अहिले पोखराकै महोत्सव भएको सुनाउनुभयो । भूकम्प जाँदा साहित्यिक पर्यटनलाई जोड्न पनि पोखरा रोजेको र अहिले पोखरा नै उत्तम ठाउँ भएको बताउँदै उहाँले यो पोखरेलीको पनि महोत्सव भएको उल्लेख गर्नुभयो ।

अर्काे आयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सवले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गर्नुभयो । यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीवीलाई नै सहभागी गराउन पाउँदा आफूहरू खुशी भएको उहाँले बताउनुभयो । नेपाल साहित्य महोत्सव पोखराका युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकका रुपमा आएको ह्वाट द बुक क्लबका उपाध्यक्ष अनिषा बराइलीले बताउनुभयो ।

महोत्सवमा डिएससी पुरस्कार प्रदान गरिने

महोत्सवमा दक्षिण एशियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी पुरस्कार प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (रु २७ लाख ५० हजार) राशि बराबरको उक्त पुरस्कार दक्षिण एशियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
यसरी बढाउनुहाेस घरेलु अाैषधिबाट अाफ्नाे याैन शक्ति !
रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा
रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा
घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार
घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार
‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू
‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू
झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का
झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
कक्षा १० को अन्तिम परीक्षा एसइइ आजदेखि शुरु, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
बामदेव गौतमको परिवार, सहयोगी र सुरक्षाकर्मीको कोरोना टेष्ट, सबैको रिपोर्ट नेगेटिभ
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक

तपाईंले छुटाउनुभयो कि?