पहाडी भेगमा टिमुर खेती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
पहाडी भेगमा टिमुर खेती

सारांश

  • दाङको उत्तरतर्फका पहाडी भेगका जनतालाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक वृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धको मालागेडी खेती थालिएको छ ।
  • डिभिजन वन कार्यालयले चालू आवलाई ‘टिमुर वर्ष’ का रुपमा शुरु गरेको छ ।
  • यो कार्यक्रमअन्र्तगत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामीण बस्तीमा एक लाख टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ ।

दाङको उत्तरतर्फका पहाडी भेगका जनतालाई स्वरोजगार बनाइ उनीहरुको आर्थिक वृद्धि गर्ने उद्देश्यले टिमुर र सुगन्धको मालागेडी खेती थालिएको छ । डिभिजन वन कार्यालयले चालू आवलाई ‘टिमुर वर्ष’ का रुपमा शुरु गरेको छ । यो कार्यक्रमअन्र्तगत दाङ उपत्यकाको उत्तरी भेगमा रहेका पातलो ग्रामीण बस्तीमा एक लाख टिमुरका बिरुवा उत्पादन शुरु गरिएको छ ।

मसला बनाउन उपयोगी मानिने टिमुर बहुवर्षे जडीबुटी भएको र यसको बजार मूल्य महङ्गो भएका कारण स्थानीयलाई स्वरोजगार बनाउन टिमुर रोप्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो ।

टिमुर रोप्ने कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङको डिभिजन वन नर्सरी अम्वापुरमा ५० हजार, तुल्सीपुरको नर्सरीमा २५ हजार र नारायणपुरको वन नर्सरीमा २५ हजार टिमुरमा बिरुवा उत्पादन शुरु गरिएको छ । तीनवटै नर्सरीमा २० हजार मालागेडीको बिरुवा उत्पादनसमेत शुरु गरिएको छ ।

“दुवै बहुवर्ष, बहुउपयोगी जडीबुटी हुन”, डिभिजन वन कार्यालयका प्रमुख ज्ञवालीले भन्नुभयो, “केही वर्षमै हामी दाङको उत्तरी भेगमा टिमुरका बिरुवा लगाउने गरी योजना बनाएका छौँ ।” विस्तृत अध्ययनपछि टिमुर रोपण कार्यक्रम ल्याइएको डिभिजन वन कार्यालयले जनाएको छ । बिरुवा उत्पादनपछि पहिलो प्राथमिकता किसानलाई र किसानलाई पुगेपछि सामुदायिक वन र राष्ट्रिय वनको खाली जग्गामा समेत टिमुर लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
लोकसेवाको परिक्षा दिने आठ जना खेताला परीक्षार्थी पक्राउ
लोकसेवाको परिक्षा दिने आठ जना खेताला परीक्षार्थी पक्राउ
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
१४ वर्षीया बालिकालाई बस भित्र जबरजस्ती करणी
१४ वर्षीया बालिकालाई बस भित्र जबरजस्ती करणी
पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार
पाल्पा महोत्सवमा रु १२ करोड बराबरको कारोबार
ब्राउन सुगर सहित दुई जना पक्राउ
ब्राउन सुगर सहित दुई जना पक्राउ
भारत र चीनका सेनाबीच लद्दाखमा धक्कामुक्की
भारत र चीनका सेनाबीच लद्दाखमा धक्कामुक्की

तपाईंले छुटाउनुभयो कि?