धुम ४ मा शाहरूख खान ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
१४ पटक हेरिएको
Shares
धुम ४ मा शाहरूख खान ?

सारांश

  • मुम्बई ।
  • बलिउड स्टार साहरूख खानले चलचित्र ‘धुम ४’मा काम गर्ने चर्चा चल्न थालेको छ ।
  • साहरूखलाई यशराज ब्यानरले हिट चलचित्रको सिरिजमा काम गर्न अफर गरेको खबर भारतीय मिडियामा उल्लेख छ ।

मुम्बई । बलिउड स्टार साहरूख खानले चलचित्र ‘धुम ४’मा काम गर्ने चर्चा चल्न थालेको छ । साहरूखलाई यशराज ब्यानरले हिट चलचित्रको सिरिजमा काम गर्न अफर गरेको खबर भारतीय मिडियामा उल्लेख छ । तर, खानले हालसम्म चलचित्रमा काम गर्ने वा नगर्ने विषयमा जवाफ दिएका छैनन् ।साहरूखले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, अब बम्पर कमब्याकको प्रतिक्षामा छन् । यसका लागि, साहरूख खानले समय पर्खिरहेका छन् । साहरूखले चलचित्र ‘जिरो’बाट गरेको अपेक्षा असफल भएपछि एउटा बायोपिक चलचित्रमा काम गरेनन् । यसपछि, उनले थुप्रै चलचित्रमा काम गर्ने खबर सार्वजनिक भए पनि उनले काम भने गरेका छैनन् ।साहरूखले यो चलचित्रमा भिलेनको रूपमा आफूलाई प्रस्तुत गर्नेछन् । चलचित्रमा अभिषेक बच्चन र उदय चोपडा पनि हुनेछन् । चलचित्र नयाँ निर्देशकले निर्देशन गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?