पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
३१ पटक हेरिएको
Shares
पर्यटकलाई लोभ्याउने काउँलेडाँडाको अम्रिसो

सारांश

  • निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेती पर्यटकलाई लोभ्याउन सफल बनेको छ ।
  • अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।
  • पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको छ ।

निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेती पर्यटकलाई लोभ्याउन सफल बनेको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको छ । यहाँको २२५ हेक्टर वन क्षेत्रमा व्यावसायिक रु अम्रिसो खेती हुँदै आएको छ ।
इलामको चिया बगानको झल्को काउलेडाँडाको अम्रिसो खेतीले दिएको छ ।
व्यावसायिक अम्रिसो खेतीको अध्ययन अनुसन्धान गर्नेहरु रुचिका साथ अम्रिसोको बगानमा टेक्छन् । युवा वनभोज तथा हिमालका सुन्दर दृष्य खिंच्न काउलेडाँडाको अम्रिसो खेतीमा लोभिन्छन् । दैनिक चारदेखि २० समूहसम्मका पर्यटक काउलेडाँडा पुग्छन् । हिमाली सुन्दर दृष्य, मगर संस्कृति र अम्रिसो बगान सुन्दर दृष्यले पर्यटकलाई लोभ्याउने वन क्षेत्र अहिले स्थानीयबासिन्दाको जीविकोपार्जनमा टेवा पु¥याउन सफल बनेको छ ।
डाँडाको वन क्षेत्रको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याउन मात्र सफल मात्र भएको छैन, स्थानीयबासिन्दालाई अम्रिसोको फूलबाट दुईचार पैसा हात पनि परेको छ । अम्रिसो खेतीपछि गाईभैंसीपालनप्रति आकर्षण बढ्दो छ । अम्रिसोको पात घाँसका रुपमा प्रयोग हुन्छ । डाँडाबस्तीमा घाँसको समस्यासमेत अम्रिसोले हल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ । अम्रिसोसँगै त्यहाँ तेजपात, टिमुरलगायत बिरुवा पनि रोपिएको छ ।
कबुलियती वन कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर पाटाले वार्षिक रु एक करोड बराबरको अम्रिसो जिल्ला बाहिर जाने बताउनुभयो । कबुलियती वन कृषि सहकारीमार्फत आर्थिक कारोबार हुँदै आएको छ । कबुलियती वनमा आबद्ध सदस्यले कृषि सहकारीसमेत सञ्चालन गरेका छन् । “कृषकले अम्रिसोको आम्दानी सहकारी संस्थामा बचत गर्नुका साथै आवश्यकताअनुसार लगानी पनि गर्छन्,” अध्यक्ष पाटाले भन्नुभयो ।
पहाडका पाल्पा, गुल्मी र स्याङ्जा तथा तराईका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका आन्तरिक पर्यटकको यहाँ ओइरो लागेको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले २२७ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्रिसो खेतीबाट स्थानीय बासिन्दाको जीवीकोपार्जनमा टेवा पुगेको बताउनुभयो । वन कार्यालयले आव २०६६÷०६७ मा काउलेडाँडा कबुलियती वन स्थानीय बासिन्दालाई हस्तान्तरण गरेको थियो । स्थानीय बासिन्दाको अगुवाइमा व्यावसायिक अम्रिसो गरी गरिएको हो । पहिले चरिचरन हुने डाँडा बुट्यानले घेरिएको थियो ।
वनको आर्थिक तथा प्राविधिक सहयोगमा वनमारालगायत कुकाठ फँडानी गरेर अम्रिसो खेती गरी अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो ।
वनको सेवा क्षेत्रभित्र २ सय ५० घरधुरी बसोबास गर्छन् । वन व्यवस्थापनका लागि १९ समूहमा बाँडिएको छ । समूहले वन र अम्रिसोको व्यवस्थापन, बजारीकरण तथा वनको रेखदेख गर्दै आएको छ । स्थानीय बासिन्दाको रेखदेखमा वन सञ्चालनमा आएपछि हरियाली र वन्यजन्तुको सङ्ख्या बढेको हो । वन कार्यालयले ४० वर्षका लागि स्थानीय बासिन्दालाई वन हस्तान्तरण गरेसँगै रोजीरोटी गर्ने बाटो खुलेको हो ।
अम्रिसो खेती हेर्नका लागि वन क्षेत्रमा प्रवेश गर्दा शुल्क मोटरसाइकललाई रु ५० , कार जीपलाई रु आठ सय र बसलाई रु एक हजार पाँच सय तिर्नुपर्ने व्यवस्था छ । शुल्क तिरेपछि वन क्षेत्रमा वनभोज तथा रमाइलो गर्न पाइन्छ । अम्रिसो प्रतिकिलो रु ५० देखि रु ९० मा खरीदबिक्री हुन्छ । पाल्पामा उत्पादित अम्रिसो रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङलगायत जिल्लामा जाने गरेको छ । नेपाली अम्रिसो कुचो भारतीय बजारमा समेत निकासी हुँदै आएको स्थानीय बासिन्दाको भनाइ छ । अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भएको देखेर अम्रिसो घारी हेर्ने र वनभोज गर्नेको चहलपहल बढ्दो छ । यही नमूनाको काम देखेर जिल्लाका विभिन्न भागमा समेत कबुलियती वनप्रति स्थानीयवासीको आकर्षण बढ्दो छ । जडीबुटी खेतीबाट स्थानीय बासिन्दाको जीवीकोपार्जन टेवा पु¥याउने वन कार्यालयको लक्ष्य छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै यि दम्पती
डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै यि दम्पती
Share Paperwork Online and how it can be used to benefit the organisation
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति
आज नेपाली काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
कृषिमा परनिर्भरता उच्च बिन्दुमा
कृषिमा परनिर्भरता उच्च बिन्दुमा
देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल
देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
Madhu to be first Marakkar, Priyadarshan seeking for big names for Kunjali Marakkar
Madhu to be first Marakkar, Priyadarshan seeking for big names for Kunjali Marakkar
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय

तपाईंले छुटाउनुभयो कि?