‘समग्र देशको विकासमा शिक्षाको विकास आवश्यक’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
‘समग्र देशको विकासमा शिक्षाको विकास आवश्यक’

सारांश

  • आचार्य प्रदीप बटवल, २९ असार ।
  • देशको शैक्षिक विकासमा नीजि क्षेत्रको भूमिका महŒवपूर्ण हुने सरोकारवालले बताएका छन् ।
  • निजि क्षेत्रले शिक्षामा पु¥याएको योगदान तर्फ सरकारले ध्यान दिनु पर्ने बताएका हुन् ।

आचार्य प्रदीप बटवल, २९ असार । देशको शैक्षिक विकासमा नीजि क्षेत्रको भूमिका महŒवपूर्ण हुने सरोकारवालले बताएका छन् । निजि क्षेत्रले शिक्षामा पु¥याएको योगदान तर्फ सरकारले ध्यान दिनु पर्ने बताएका हुन् ।
नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश नम्बर ५ ले बुटवलमा आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्ने वक्ताहरूले सरकारी र निजि क्षेत्रका वालवालीकामा गर्दै आएको बिभेद अत्य गर्नुपर्ने आवश्यकता रहेको औल्याएका हुन् ।
नीजि क्षेत्रले शिक्षामा प¥याएको योगदानलाई कदर गरी शिक्षालाई व्यवस्थित र मर्यादित बनाउनपर्नेमा उनीहरूले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले का उपमहासचिव घनश्याम भसालले शिक्षाको गुणस्तर सुधार गर्नको लागी निजि क्षेत्रसंग काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले निजि क्षेत्र र सरकारी क्षेत्र सहकार्य गरेर देशमा शिक्षाको विकासमा अगाडि बढ्नुपर्ने बताए । ‘समग्र देशको विकासमा शिक्षाको विकास आवश्यक रहेको रहेको छ, राज्यले चाहेरपनि नीजि क्षेत्रको शिक्षालाई रोक्न सक्दैन’ उनले भने ।
नेता भुषालले निजि क्षेत्र र सरकारी क्षेत्रका बिद्यार्थीहरु बिचमा बिभेद भएपनि प्याव्सन नडराउने बताए ।
यता प्याव्सनका केन्द्रिय महासचिव राजेन्द्र बानीयाले निजी क्षेत्रले शिक्षामा पु¥याएको योगदान सरकारले अझै बुझ्न नसकेको बताउँदै सरकार संग प्याव्सन सहकार्य अगाडि बढ्न चाहेको बताए । महासचिव वानियाले निःशुल्क शिक्षाको नाममा नीजि विद्यालयहरूलाई अपमान गरिएको बताउँदै शिक्षा निःशुल्क हुन नसक्ने दाबी गरे ।
प्याब्सनका केन्द्रिय सचिव आरपी कटुवालले नीजि क्षेत्रले शिक्षामा पु¥याएको योगदानलाई कदर नगरे देशका ३० प्रतिशत विद्यार्थी अध्ययनका लागि विदेश पलायन हुने दावी गरे ।
रूपन्दहीका निमित्त जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालले संस्थागत विद्यालयहरू योग्य बन्दै गएकाले प्राविधिक शिक्षा अध्यापन गराउनु दिनपर्नेमा जोड दिए । बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संविधानले दिएको अधिकारको प्रयो गगरी शैक्षिक कानुन बनाएर शिक्षा क्षेत्रको विकास गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, वर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा, नेपाल शिक्षक युनियनका अध्यक्ष छवि पाण्डे , रूपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, रूपन्देही व्यापार संघका अध्यक्ष मोतीलाल पाण्डे ,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे , अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, राष्ट्रिय अभिभावक संघका अध्यक्ष पूर्णचन्द्र पाण्डे , प्याब्सन प्रदेश नम्बर पांचका अध्यक्ष कृष्णप्रसाद खनाल, निर्मल उपाध्याय, खेमेन्द्र राना लगायतले बोलेका थिए । कार्यक्रममा स्थानीय तहमा निर्वाचित मेयर तथा उपमेयर र ४ जीपीए ल्याउने उत्कृष्टआर्दश पाण्डे लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?