पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
२१ पटक हेरिएको
Shares
पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?

सारांश

  • काठमाडौँ ।
  • यहि पौष १० गते तदनुसार ई.
  • सन २०१९ डिसेम्बर २६ तारिक बिहीबारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताएका छन् ।

काठमाडौँ । यहि पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीबारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताएका छन् ।

नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताएका हुन्।

यसै पनि ग्रहण संक्रमण कारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ ।

साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाई छ।

ग्रहण लाग्दा के गर्न हुन्छ र के गर्न हुन्न भन्ने बारे समाजमा व्याप्त मान्यताको बारेमा पनि उनले वैज्ञानिक विश्लेषण दिएका छन् ।

ज्यो. सुवेदीले ग्रहण कसरी लाग्छ भन्ने विषयमा ज्योतिष विज्ञान र आधुनिक विज्ञान दुवै लजिकको तुलनात्मक चर्चा पनि गरेका छन् ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?